सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप

  • Technology Khabar | १२ आश्विन २०८२, आईतवार
सहयोग जुटाएर दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप

काठमाडौं ।

तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग जुटाएर ल्यापटप हस्तान्तरण गरिएको छ। जन्मजात दृष्टिविहीन आलेलाई अध्ययनमा सघाउने उद्देश्यसहित विभिन्न व्यक्तिबाट रकम जुटाएर ल्यापटप सहयोग गरिएको हो।

‘दृष्टिविहीन सोलुमाया आलेका लागि ल्यापटप अभियान’ सञ्चालन गरी रु एक लाख ६५ हजार ९५० सङ्कलन भएको स्थानीय अगुवा इन्द्रबहादुर आलेले जानकारी दिए। डेढ महिनाअघि सुरु गरिएको अभियानका लागि ३२ जनाबाट रकम सङ्कलन भएको उनले बताए।

सङ्कलित रकममध्ये रु ५४ हजार ५०० मा ल्यापटप खरिद गरिएको छ। बाँकी रु एक लाख ११ हजार ४५० मध्ये रु एक लाख आलेको खातामा जम्मा गरिएको छभने रु ११ हजार ४५० नगद शनिबार निजको घरमा पुगेर ल्यापटपसहित हस्तान्तरण गरिएको छ।

आले हाल पृथ्वीनारायण क्याम्पस पोखरामा बिएड दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । यस अभियानका लागि सबैभन्दा बढी रकम हाल अमेरिका निवासी प्राध्यापक बीके रानाले रु ५१ हजार ५५६ सहयोग गरेका थिए।

प्रकाशित: १२ आश्विन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • १२ आश्विन २०८२, आईतवार