ह्वावे मेटप्याड १२ एक्स २०२५ पेपरम्याट डिस्प्लेको साथ आधिकारिक रुपमा अनावरण

Technology Khabar ६ आश्विन २०८२, सोमबार

ह्वावे मेटप्याड १२ एक्स २०२५ पेपरम्याट डिस्प्लेको साथ आधिकारिक रुपमा अनावरण

काठमाडौं ।

ह्वावेले परिचित पेपरम्याट डिस्प्ले र अपग्रेड गरिएका स्पेक्सहरू सहितको नयाँ मेटप्याड १२ एक्स २०२५ ट्याब्लेट अनावरण गरेको छ।

ट्याब्लेटमा २८०० × १८४० पिक्सेलको रिजोल्युसन भएको १२ इन्चको एलसीडी डिस्प्ले समावेश गरिएको जसमा १,००० निट्ससम्मको ब्राइटनेस, १४४ हट्र्जसम्मको एडाप्टिभ रिफ्रेस रेट र एचडीआर भिभिड समर्थन रहेको छ। यो ह्वावेको पेपरम्याट कोटिङ्गको साथ आउने बताइएको छ जुन चमक कम गर्न र कागजको बनावटको नक्कल गर्न डिजाइन गरिएको उल्लेख गरिएको छ।

ह्वावेका अनुसार, पेपरम्याट डिस्प्लेले आँखाको तनाव कम गर्न मद्दत गर्दछ र बाहिरी अवस्थामा पनि रिड्याबिलिटी (पढ्ने सकिने) सुधार गर्दछ। यस ट्याब्लेटले ह्वावे एम–पेन्सिल प्रो सहित स्टाइलस इनपुटलाई पनि समर्थन गर्दछ।

मेटप्याड १२ एक्स २०२५ मा किरिन टी९२बी चिपसेटको साथमा २ जीबी र्याम र २५६ जीबी स्टोरेजसँग समावेश गरिएको छ। साथै यस ट्याब्लेटमा सुधारिएको हिट (ताप) डिसिपेसनको लागि थ्रीडी भेपर च्याम्बर पनि उपलब्ध रहेको बताइएको छ। ट्याब्लेटले हार्मनीओएस ४.३ आउट–अफ–द–बक्स चलाउने रिपोर्ट गरिएको छ।

ट्याब्लेटको पछाडि एलईडी फ्ल्यासको साथ ५० मेगापिक्सेलको क्यामरा र भिडियो कलिङको लागि अगाडि ८ मेगापिक्सेलको सेन्सर समावेश गरिएको छ। यस ट्याब्लेटमा ६ ओटा स्पिकर र डुअल माइक्रोफोनहरू उपलब्ध छन्।

ट्याब्लेटमा ६६ वाट सम्मको द्रुत चार्जिङको लागि समर्थनको साथ १०,१०० एमएएच ब्याट्री प्याक गरिएको छ। कनेक्टिभिटीको लागि डुअल–ब्यान्ड वाई–फाई ७ र ब्लुटुथ ५.२ उपलब्ध छन्।

ह्वावे मेटप्याड १२ एक्स २०२५ को तौल ५५५ ग्राम र ५.९ एमएम पातलो रहेको छ। यो ट्याब्लेट हरियो र सेतो रङ्गहरूमा उपलब्ध हुनेछ। ट्याब्लेटको एकमात्र १२ जीबी÷२५६ जीबी वाई–फाई–मात्र भेरियन्टको लागि ५९९ पाउन्ड स्टर्लिंग मूल्य निर्धारण गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार