जूट फेशनले शुरु गर्यो नयाँ ई–कमर्श वेबसाइट, पुरुषहरुको फेसनमा नयाँ आयाम थप्दै

Technology Khabar ६ आश्विन २०८२, सोमबार

जूट फेशनले शुरु गर्यो नयाँ ई–कमर्श वेबसाइट, पुरुषहरुको फेसनमा नयाँ आयाम थप्दै

काठमाडौं ।

छोटो समयमै आधुनिक पुरुषहरुको रोजाइमा पर्न सफल नेपाली ब्राण्ड जुट फेशनले विजया दशमीको अवसर पारेर आफ्नो नयाँ ई–कमर्स वेबसाइट https://zoot.com.np/  सार्वजनिक गरेको छ।

ब्राण्डका अनुसार नयाँ अनलाइन स्टोरले देशभरका ग्राहकलाई सहज र आकर्षक किनमेल अनुभव दिने र घरआँगनमा नै डेलिभरी दिने उद्देश्य राखेको छ जसले जूट फेशनको सिर्जनशीलता र गुणस्तरीय फेशन प्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

२५ देखि ४५ वर्ष उमेर समूहका फेसन प्रेमी पुरुषहरुका लागि लक्षित गरी यो वेबसाइट डिजाइन गरिएको हो। आधुनिक इन्टरफेस र सजिलै नेभिगेट गर्न सकिने क्याटोगोरीहरूको साथ ग्राहकहरूले सहजै जुट फेसनको शर्ट, ट्राउजर, पाइन्ट, ज्याकेट र अन्य सामानहरू अर्डर गर्न सक्ने बताइएको छ।

कम्पनीका संस्थापक तथा सीइओ श्याम रत्न माली भन्छन्, “फेशन स्टाइल भनेको हामीले के लगाउँछौं भन्ने मात्र होइन, यो त तपाईँ हामीले बोक्ने मूल्यमान्यता र सोचसँग पनि जोडिएको हुन्छ। जूट फेशनको यात्रामा हामीले शुरुदेखि नै फेशनलाई व्यक्तित्व र आत्मविश्वाससँग जोड्ने प्रयास गरेका छौं र गरिरहेनेछौं।”

नयाँ वेबसाइटको शुरुवात तथा चाडपर्वको अवसरमा ३५५ रुपैयाँसम्मको छुटका साथै पहिलो अर्डरमा थप ५५ छुट पनि प्राप्त गर्न सकिने मालीको भनाइ छ।

प्रकाशित: ६ आश्विन २०८२, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार