Technology Khabar ६ आश्विन २०८२, सोमबार
काठमाडौं ।
विद्युतीय प्रविधिले मोटरसाइकलको दुनियाँमा ठूलो छाप छोड्न असफल भए पनि यसले फक्सवागन समूहलाई दुई पाङ्ग्रामा ब्याट्री प्रविधि परीक्षण गर्नबाट रोक्न सकेको छैन।
डुकाटी भीडब्ल्यूको स्वामित्वमा रहेको मोटरसाइकल कम्पनी हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो। साथै डुकाटी मोटोई विश्व च्याम्पियनशिपको लागि मोटरसाइकलको एकमात्र आपूर्तिकर्ता पनि रहेको छ। यद्यपि यस वर्षको लागि मोटोई विश्व च्याम्पियनशिप भने बन्द गरिएको छ।
डुकाटी भी२१एल प्रोटोटाइपको अपडेट संस्करण जर्मनीमा प्रस्तुत गरिएको थियो र अब क्वान्टमस्केप कम्पनीको तर्फबाट ९८० क्यूएसई–५ सेलहरू समावेश गरिएको रिपोर्ट गरिएको छ।
यी सेलहरूले लिथियम–मेटल एनोडहरू र सेरामिक सेपरेटर प्रयोग गर्दछन् जसले परम्परागत लिथियम–आयन ब्याट्रीहरूको तुलनामा ऊर्जा घनत्व, द्रुत चार्जिङ क्षमता र सुरक्षामा प्रमुख सुधारहरू प्रदान गर्नेछ।
त्यसैगरी यो प्रविधि परीक्षण गर्नु र एक दिन ठूलो उत्पादन सुरु गर्नु यसको लक्ष्य भएको उल्लेख गरिएको छ।
क्वान्टमस्केपसँग भीडब्ल्यूको एक दशकदेखिको सम्बन्ध रहेको छ र अझै पनि सोलिड–स्टेट ब्याट्रीहरूको बारेमा थप महत्त्वपूर्ण समाचारहरूको लागि पर्खनु पर्ने अवस्था रहेका टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ६ आश्विन २०८२, सोमबार