Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ) सानोठिमी, भक्तपुरले पूर्व निर्धारित परीक्षा तालिका अनुसार मिति आगामी भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा अर्को सूचना प्रकाशित नहुञ्जेलका लागि स्थगित गरेको छ।
कार्यालयले आज एक सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो। देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभए सम्मका लागि स्थगित गरिएको र यसको संशोधित तालिका कम्तीमा ७ दिनको समय दिएर प्रकाशित गरिने सूचनामा उल्लेख छ।
सूचनामा भनिएको छ, ‘राष्ट्रिय परीक्षा बोर्डद्वारा पूर्व निर्धारित परीक्षा तालिका अनुसार मिति २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक) परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभए सम्मका लागि स्थगित गरिएको छ। स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा ७ (सात) दिनको समयावधि दिई पछि प्रकाशन गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।’
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार