Technology Khabar २६ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न आग्रह गरेको छ।
केन्द्रीय बैंकले सम्पूर्ण इजाजतपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरूलाई आफ्ना सम्वेदनशील प्रणाली (Critical System) सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नु र अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
सूचनामा सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन भनेको छ।
यस्तो छ सूचना, “यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरता (Business Continuity) लाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली (Critical System) सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा Remote Access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवा सम्बन्धी सूचना आफ्नो website तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन यो सूचना जारी गरिएको छ।”
प्रकाशित: २६ भाद्र २०८२, बिहीबार