एप्पलले लन्च गर्यो वाच सिरिज ११, एसई ३ र अल्ट्रा ३, फाइभजी सपोर्ट गर्ने

  • Technology Khabar | २४ भाद्र २०८२, मंगलवार
एप्पलले लन्च गर्यो वाच सिरिज ११, एसई ३ र अल्ट्रा ३, फाइभजी सपोर्ट गर्ने

काठमाडौं ।

एप्पलले आज आफ्ना नयाँ डिभाइसहरु लन्च गरिरहेको छ। आफ्नो “अवे ड्रपिङ” विशेष कार्यक्रमको एक भागको रूपमा आईफोन १७, एप्पल वाच सिरिज ११, एयरपड्स प्रो ३ लन्च गरेको हो।

यसमध्ये कम्पनीले एप्पल वाच सिरिज ११ भर्खरै घोषणा गरेको छ।

एप्पल वाच सिरिज ११ मा भएको नयाँ स्लीप स्कोर सुविधाले तपाईंको निद्राको गुणस्तरको विश्लेषण गर्दछ।

यसैगरी सबैभन्दा पहिले उच्च रक्तचाप पत्ता लगाउने फिचर रहेको छ भने मुटुको चालको दर पत्ता लगाउने सेन्सरबाट ३० दिनको डाटाको आधारमा, तपाईंको एप्पल वाचले तपाईंलाई सम्भावित उच्च रक्तचापको बारेमा सचेत गराउन सक्छ।

एप्पल वाच सिरिज ११ को लागि नयाँ मुटु स्वास्थ्य र निद्रा जाँच गर्ने फिचर छन्।

यसमा नयाँ “फ्लो” एप्पल वाच फेस साथै रिफ्र्याक्टोग्राफ छ भने सेलुलर एप्पल वाच सिरिज ११ को लागि ५जी कनेक्टिभिटी राखिएको छ।

एप्पल वाच सिरिज ११ मा दुई गुणा बढी स्क्र्याच प्रतिरोधी डिस्प्ले राखिएको छ।

यसमा २४ घण्टासम्मको ब्याट्री क्षमता रहेको छ भने यो जेट ब्ल्याक, सिल्भर, रोज गोल्ड, र नयाँ स्पेस ग्रे एल्युमिनियम रङहरूसहित प्राकृतिक, सुनौलो र स्लेटमा टाइटेनियम ब्याण्ड कलरसहित आउनेछ।

एप्पल वाच सिरिज ११ को मूल्य ३९९ अमेरिकी डलरबाट सुरु हुन्छ।

 

एप्पल वाच एसई ३

यसैगरी कम्पनीले एप्पल वाच एसई ३ पनि लन्च गरेको छ।

पहिलो पटक द्रुत चार्जिङको लागि समर्थनको साथ १८ घण्टाको ब्याट्री लाइफ रहेको छ भने यसमा नाडीको तापक्रम सेन्सर, स्लीप एप्निया सूचनाहरू, र स्लीप स्कोर समर्थन रहेको छ।

तिब्र कार्यसम्पादनको लागि नयाँ एस १० चिपसहित पहिलो पटक अलवेज-अन डिस्प्ले, डबल ट्याप र रिस्ट फ्लिक इशारा समर्थन रहेको छ।

एसई ३ २४९ डलरबाट सुरु हुन्छ।

एप्पल वाच अल्ट्रा ३

कम्पनीले एप्पल वाच अल्ट्रा ३ लन्च गरेको छ। यसमा स्याटेलाइट कनेक्टिभी दिईएको छ भने ५जी सपोर्ट गर्नेछ।

यो ७९९ अमेरिकी डलरमूल्यसहित सेप्टेम्बर १९ देखि उपलब्ध हुनेछ।

प्रकाशित: २४ भाद्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...