आफ्ना उत्पादनहरूलाई सानो र पातलो बनाउने होडबाजीमा प्रविधि कम्पनीहरू

  • Technology Khabar | २१ श्रावण २०८२, बुधबार
आफ्ना उत्पादनहरूलाई सानो र पातलो बनाउने होडबाजीमा प्रविधि कम्पनीहरू

काठमाडौं ।

विश्वका केही ठूला प्रविधि कम्पनीहरूले “श्रिङ्किङ” डिभाइसहरूमा ठूलो लगानी गरिरहेका छन्।

सामसङले भर्खरै ग्यालेक्सी जेड फोल्ड ७ लन्च गरेको छ। यो डिभाइस खोल्दा केवल ४.२ एमएम थिक (मोटो) रहेको छ। साथै यस डिभाइसको मोटाइले यसलाई सबैभन्दा पातलो फोल्डेबल फोनहरू मध्ये एक बनाएको छ।

यसैबीच, अनरले म्याजिक भी५ मोडेल तयार गरिरहेको छ जुन संसारको सबैभन्दा पातलो फोल्डेबल हुने दाबी गरिएको छ र यो खोल्दा केवल ४.१ एमएम बाक्लो थिक (मोटो) हुनेछ।

नयाँ ब्याट्री प्रविधिको कारणले गर्दा अनरको यो मोडेलमा ब्याट्री र प्रोसेसिङमा ठूलो सुधार आउने टेलिग्राफले रिपोर्ट गरेको छ।

फोनहरूको अतिरिक्त, कम्पनीहरूले अग्मेन्टेड रियालिटी (एआर) स्मार्ट ग्लासेसमा पनि ध्यान केन्द्रित गरिरहेका छन्।

उक्त अग्रगामी कम्पनीहरू मध्ये एक्सरियलले सामान्य सनग्लासेस जस्तो देखिने ठूलो भर्चुअल स्क्रिन स्प्लिे गर्ने ग्लासेसहरू निर्माण गरेको छ।

मेटाले प्रस्तुत गरेको रे–ब्यान ग्लासेसले फोटो र भिडियोहरू खिच्नुका साथै रियल–टाइम क्वेरिज (प्रश्नहरू) को लागि एआईमा कनेक्ट गर्न सक्नेछ।

यी डिभाइसहरूको “श्रिङ्किङ” ले भविष्यमा हामीले फोनहरू प्रयोग गर्ने तरिका परिवर्तन गर्नेछ भन्ने विज्ञहरूले विश्वास गरेका छन्।

प्रकाशित: २१ श्रावण २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार