आर्टिफिसियल इन्टेलिजेन्स एप्पलको अर्को क्रान्ति हुनेछः टिम कुक

  • Technology Khabar | १९ श्रावण २०८२, सोमबार
आर्टिफिसियल इन्टेलिजेन्स एप्पलको अर्को क्रान्ति हुनेछः टिम कुक

काठमाडौं ।

एप्पलका सीईओ टिम कुकले दुर्लभ बैठकमा आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावना र यसलाई विकास गर्ने कम्पनीको दृष्टिकोणको बारेमा बताएको ब्लूमबर्गले रिपोर्ट गरेको छ।

एप्पलले आफ्ना केही एआई–संचालित सुविधाहरू जारी गर्न ढिलो गरेको छ र सिरीमा योजनाबद्ध एआई–संचालित अपग्रेडमा रोक लगाएको छ जुन यस वर्षको सुरुमा स्थगित गरिएको विदेशी मिडियाले रिपोर्ट गरेको छ।

ब्लूमबर्गका अनुसार, कार्यकारीले क्यालिफोर्नियाको क्युपर्टिनोमा रहेको एप्पलको क्याम्पसको सभागृहमा भेला भएका कर्मचारीहरूलाई एआई क्रान्ति ‘इन्टरनेट, स्मार्टफोन, क्लाउड कम्प्युटिङ र एपहरू’ भन्दा “ठूलो वा विशाल हुनेछ” भनि बताएको उल्लेख गरिएको छ।

“एप्पलले यो गर्नुपर्छ। एप्पलले यो गर्नेछ” भनि कुकले कर्मचारीहरूलाई उक्त बैठकमा बताएको बैठकसँग परिचित व्यक्तिहरूले उल्लेख गरेका छन्। “हामी यसको लागि लगानी गर्नेछौं” भनि कुकले थप उल्लेख गरेको रिपोर्ट गरिएको छ।

त्यसैगरी कुकले कम्पनी कसरी पर्सनल कम्प्युटर, स्मार्टफोन, ट्याब्लेट र एमपी३ प्लेयर जस्ता कोटीहरूमा “विरलै रुपमा पहिलो” नभए पनि एप्पलले अन्ततः तिनीहरूको “आधुनिक” संस्करणहरू बनाउन सफल भएको भन्ने तथ्यमा स्पष्ट रूपमा उल्लेख गरेको बताइएको छ। “आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा पनि त्यस्तै हुनेछ भन्ने मलाई लाग्दछ” भनि कुकले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १९ श्रावण २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • १९ श्रावण २०८२, सोमबार