ओर्याकल र ओपनएआईले स्टारगेट भेन्चरका लागि ४.५ गिगावाट डाटा सेन्टर क्षमता थप्ने

  • Technology Khabar | ८ श्रावण २०८२, बिहीबार
ओर्याकल र ओपनएआईले स्टारगेट भेन्चरका लागि ४.५ गिगावाट डाटा सेन्टर क्षमता थप्ने

काठमाडौं ।

क्लाउड फर्म ओर्याकल र ओपनएआईले ४.५ गिगावाट थप डाटा सेन्टर क्षमता विकास गर्ने योजना बनाएको च्याटजीपीटी निर्माताले मंगलबार बताएको छ।

यो प्रतिबद्धता उनीहरूको स्टारगेट संयुक्त उद्यमको एक हिस्सा भएको र जसले तीव्र विश्वव्यापी प्रतिस्पर्धाको बीचमा संयुक्त राज्य अमेरिकालाई कृत्रिम बुद्धिमत्तामा अग्रणीको रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ।

टेक्सासको एबिलेनमा रहेको डाटा सेन्टर साइट सहित, विस्तारले निर्माणाधीन कुल डाटा सेन्टर क्षमता ५ गिगावाटभन्दा बढी पुर्याउने र २० लाखभन्दा बढी चिपहरू सञ्चालन गर्ने अपेक्षा गरिएको कम्पनीले बताएको रोयटर्सले रिपोर्ट गरेको छ।

प्रकाशित: ८ श्रावण २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Lumbini Tech partners Upcode Nepal for Smart City Tech ecosystem

  • Technology Khabar
  • ८ श्रावण २०८२, बिहीबार