एप्लिकेसन

एकैपटक पाँचओटासम्म च्याटबाट ‘मेसेज समराइज’ गर्न मिल्ने क्विक रिक्याप फिचर ल्याउँदै ह्वाट्सएप

एकैपटक पाँचओटासम्म च्याटबाट ‘मेसेज समराइज’ गर्न मिल्ने क्विक रिक्याप फिचर ल्याउँदै ह्वाट्सएप
Global IME Bank

गत महिना ह्वाट्सएप ले “मेसेज समरीज” नामक स्थिर संस्करण सार्वजनिक गरेको थियो, जसले प्रयोगकर्ताहरूलाई नपढिएको सन्देशहरू संक्षेप गर्न सहयोग गर्दछ। तर यो सुविधा एकपटकमा केवल एउटै च्याटमा मात्र लागू हुन्छ।

त्यसैले ह्वाट्सएपले अहिले अर्को सुविधा “क्विक रिक्याप” विकास गरिरहेको छ, जसले प्रयोगकर्तालाई एकैपटक पाँचओटासम्म च्याटबाट सन्देशहरू संक्षेप गर्न मिल्ने जीएसएमएरिनाले जनाएको छ।

डब्लूएबिटाइन्फोका अनुसार, क्विक रिक्याप सुविधाले प्रयोगकर्तालाई च्याटहरू ट्याबमा गएर पाँचवटा च्याटहरू चयन गर्न, माथिल्लो दायाँ कुनामा रहेको तीन डट भएको मेनु आइकन थिच्न, र त्यसपछि “क्विक रिक्याप” मा क्लिक गर्न सघाउनेछ।

डब्लूएबिटाइन्फोले जनाए अनुसार मेसेज समरीजजस्तै क्विक रिक्यापले पनि मेटाको प्राइभेट प्रोसेसिङ प्रविधि प्रयोग गर्छ, जसले सन्देशको संक्षेप तयार गर्दा तेस्रो पक्ष, यहाँसम्म कि मेटा वा ह्वाट्सएप आफैँले पनि सन्देश वा संक्षेप हेर्न नसक्ने बनाउँछ।

मेसेज समरीजजस्तै क्विक रिक्याप पनि ऐच्छिक सुविधा हो र डिफल्ट रूपमा बन्द अवस्थामा रहनेछ। साथै एडभान्स्ड च्याट प्राइभेसीद्वारा सुरक्षित गरिएको च्याटहरू क्विक रिक्याप प्रयोग गरेर संक्षेप गर्न मिल्दैन।

डब्लूएबिटाइन्फोले यो सुविधा व्हाट्सएपको एण्ड्रोइड संस्करण २.२५.२१.१२ मा देखेको हो। तर प्रयोगकर्ताले यो संस्करण प्रयोग गरिरहे पनि क्विक रिक्याप अहिले विकास चरणमै रहेको हुँदा प्रयोग गर्न सकिने छैन। यो सुविधा चाँडै बीटा प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ र त्यसपछि सबै प्रयोगकर्ताका लागि स्थिर संस्करण सार्वजनिक गरिनेछ।

Sajilo Visa
easy care