नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एक महिनामै २ अर्ब हाराहारीले घट्यो

  • Technology Khabar | २७ असार २०८२, शुक्रबार
नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एक महिनामै २ अर्ब हाराहारीले घट्यो

काठमाडौं ।

नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम पछिल्लो महिना उल्लेख्य रुपमा घटेको छ। यसअघि लगातार दुई महिना कारोबार रकम र सङ्ख्या दुवैमा बढोत्तरी भए पनि वैशाखबाट जेठ मसान्तसम्म आइपुग्दा सङ्ख्या बढेको र रकममा उल्लेख्य गिरावट आएको पाइएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ जेठको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकममा गिरावट तथा सङ्ख्यामा वृद्धि देखिएको हो।

चालु आर्थिक वर्षको एघारौं महिना जेठमा डिजिटल वालेट मार्फत ४२ अर्ब ८८ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो। यो रकम अघिल्लो महिना वैशाखको तुलनामा १ अर्ब ९८ करोड ६० लाख रुपैयाँले बढेको हो।

डिजिटल वालेटमार्फत हुने कारोबार फागुनबाट चैतमा जाँदा ३ लाख ५४ हजार ६२६, चैतबाट वैशाखमा जाँदा १ लाख ५५ हजार ५६१ तथा वैशाखबाट जेठमा जाँदा १ लाख ५८ हजार ४९५ ले बढेको पाइएको छ।

यसैगरी कारोबार रकम पनि फागुनबाट चैतमा जाँदा २ अर्ब १७ करोड ८० लाख, चैतबाट वैशाखमा जाँदा ९५ करोड ६० लाख बढेकोमा वैशाखबाट जेठमा जाँदा भने उल्लेख्य १ अर्ब ९८ करोड ६०ले घटेर समग्र रकम अघिल्लो महिनाको ४४ अर्ब ८७ करोड २० लाखबाट एकैचोटी ४२ अर्ब करोड ६० लाखमा झरेको छ।

 

 

 

प्रकाशित: २७ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive Honors Nepal’s Top-Performing with EV Cab and E-Scooter at Platinum Giveaway in Nepal

  • Technology Khabar
  • २७ असार २०८२, शुक्रबार