जेठमा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या बढ्यो, रकम घट्यो

  • Technology Khabar | २६ असार २०८२, बिहीबार
जेठमा इन्टरनेट बैंकिङमार्फत् हुने कारोबार सङ्ख्या बढ्यो, रकम घट्यो

काठमाडौं ।

नेपालमा पछिल्लो तीन महिनामा इन्टरनेट बैंकिङमार्फत् कारोबार गर्ने प्रवृत्ति र रकममा बढोत्तरी हुँदै गएकोमा जेठ महिनामा भने मिश्रित प्रवृत्ति देखिएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ झेठ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या उकालो लाग्ने प्रवृत्तिले निरन्तरता पाएको छ भने कारोबार रकम १ करोड ६० लाखले घटेको छ।

आर्थिक वर्ष ८१ को चैतबाट २०८२ वैशाखमा पुग्दा सङ्ख्यामा २० हजार ७३१ ले वृद्धि भई समग्रमा ४ लाख ५६ हजार ३५० पुगेको थियो। वैशाखबाट जेठमा आउँदा २५ हजार ८७४ ले बढेर समग्रमा ४ लाख ८२ हजार २२४ मा पुगेको छ।

कारोबार रकमका हिसाबले हेर्दा २०८१ चैतबाट २०८२ वैशाखसम्म पुग्दा कारोबार रकम १ अर्ब ३१ करोडले बढेर समग्रमा २० अर्ब ६५ करोड ५० लाख रुपैयाँ पुगेको थियो। तर वैशाखबाट जेठमा पुग्दा १ करोड ६० लाखले घटे। २० अर्ब ६३ करोड ९० लाखमा झरेको छ।

यस हिसाबले इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या र रकमबीचको सम्बन्ध मिश्रित प्रकारको रहेको हो भने यसले ३ महिनादेखिको कारोबार सङ्ख्या र रकममा भएको एकमुष्ट बढोत्तरीको क्रमलाई रोकेको छ।

प्रकाशित: २६ असार २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...