एप्लिकेसन

बेलायतको एमएण्डएसमा भएको साइबर हमलामा ‘ड्रागनफोर्स’ समूहको हात रहेको जानकारी

बेलायतको एमएण्डएसमा भएको साइबर हमलामा ‘ड्रागनफोर्स’ समूहको हात रहेको जानकारी
Global IME Bank

बेलायती खुद्रा बिक्रेता मार्क्स एण्ड स्पेन्सर (एमएण्डएस) का अध्यक्ष आर्ची नोर्मनले मंगलबार केही समयअघि भएको साइबर आक्रमणका पछाडि “ड्रागनफोर्स” नामक समूहको हात रहेको विश्वास व्यक्त गरेका छन्।

उनले सांसदहरूलाई अप्रिल र मे महिनामा अनलाइन किनमेल सेवा ६ हप्तासम्म बन्द गर्न बाध्य बनाएको साइबर आक्रमणबारे जानकारी दिएका हुन्।

अप्रिलदेखि मेसम्मको अवधिमा भएको यो साइबर आक्रमणका कारण एमएण्डएसले अनलाइन किनमेल सेवा ६ हप्तासम्म बन्द गर्नु परेको थियो। कम्पनीले आक्रमणपछि सुरक्षा प्रणाली सुदृढ गरेको र भविष्यमा यस्ता जोखिम न्यून गर्न उपायहरू अवलम्बन गरिरहेको जनाएको छ। घटना सरकार र साइबर सुरक्षा निकायको निगरानीमा रहेको रोयटर्सले उल्लेख गरेको छ ।

Sajilo Visa
easy care