एक अर्ब ५० करोड भन्दा माथिको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गर्ने २ भारतिय पक्राउ

  • Technology Khabar | २४ असार २०८२, मंगलवार
एक अर्ब ५० करोड भन्दा माथिको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गर्ने २ भारतिय पक्राउ

काठमाडौं ।

हुण्डी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरेकाहरुमा ललितपुर महानगरपालिका-२ सानेपा बस्ने भारत बिहार मोतिहारी घर भएका ४३ वर्षीय रूपेश कुमार गुप्ता र भारत बिहार पूर्वी चम्पारण बिजबानी घर भएका २२ वर्षीय बिपिन कुमार रहेका छन्।

सानेपा कालोपुलमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको  भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँस्थित राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डी तथा अभौतिक मुद्राको कारोबार गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको बताएको छ।

साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित बन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ।

उनीहरू उपर अभौतिक मुद्राको प्रयोग गर्न नहुने, हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर र बन्यजन्तु सम्बन्धी कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी युवराज खड्काले जानकारी दिएका छन्।

प्रकाशित: २४ असार २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • २४ असार २०८२, मंगलवार