ताजा समाचार

पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा हाजिर, थुनछेक बहस आजै

पत्रकार दिलभूषण पाठक जिल्ला अदालतमा हाजिर, थुनछेक बहस आजै
तस्बिरः दिल भुषण पाठकको फेसबुकबाट।
Global IME Bank

विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दाका लागेका पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

अदालत स्रोतका अनुसार पत्रकार पाठकको बयान र थुनछेक बहसका लागि न्यायाधीश खेमराज भट्टको इजलास तय गरिएकोछ।

पत्रकार पाठकमाथि यूट्युब च्यानलमा ‘प्रसिद्ध हिल्टन होटलमा जयबीर देउवाको लगानी रहेको’ सम्बन्धी सामग्री प्रसारण भएपछि प्रेस काउन्सिलमार्फत नभई सोझै साइबर ब्युरोमा साइबर अपराधको जाहेरी परेको थियो।

साइबर ब्युरोले गत असार १३ गते अनुसन्धान प्रतिवेदन बुझाएपछि त्यसैका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार पाठकविरुद्ध मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार

पत्रकार दिलभूषण पाठकमाथि साइबर अपराधको मुद्दा दायर

साइबर ब्युरो ५९ को नाममा परेको जाहेरीका आधारमा उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय मागदावी गरिएको छ।

पक्राऊ पुर्जी जारी भएको चर्चापछि पत्रकार पाठक केहीदन सम्पर्कविहिन भएका थिए। पछि असार ३ गते साइबर ब्युरोले जेठ २७ गते काठमाडौं जिल्ला अदालतबाट दिलभूषणका विरूद्ध पक्राउ पुर्जी लिएको उल्लेख गर्दै हाजिर हुन आउन सूचना जारी गरेको थियो।

पत्रकार पाठक हाजिर हुन गएनन् बरु सो आदेशका विरुद्धमा उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दिए। त्यसअघि उनलाई पक्राउ नगर्न आदेश दिँदै उच्च दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएको थियो।

Sajilo Visa
easy care