एसईई २०८१ को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी थाहा पाउनुहोस् आफ्नो नतिजा

  • Technology Khabar | १३ असार २०८२, शुक्रबार
एसईई २०८१ को नतिजा प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण, यसरी थाहा पाउनुहोस् आफ्नो नतिजा

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशित गरेको छ। आज शुक्रबार बसेको बोर्ड बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो।

यसपटक समग्रमा ६१.८१ प्रतिशत विद्यार्थी तोकिएको ग्रेड ल्याएर उत्तीर्ण भएका छन्।

परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो।

एसईईको नतिजा गत वर्षहरुमा झैं विभिन्न वेबसाइट तथा अन्य प्राविधिक तरिकाबाट प्राप्त गर्न सकिन्छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले केही दिनअघि एउटा सूचना प्रकाशित गरी एसईईको नतिजा सर्वसाधारणसम्म पुर्याउन आधिकारिक रुपमा अनुमति पाएका विभिन्न वेबसाइट, आईभीआर प्लेटफर्म तथा एसएमएस सेवा प्रदायकहरुको सूची सार्वजनिक गरेको थियो। तिनै प्लेटफर्महरुमार्फत् नतिजा थाहा पाउन सकिन्छ।

यसरी थाहा पाउनुस् नतिजा

वेबसाइट तथा एसएमएस र आईभीआर सेवा प्रदायकहरुको सूची यसप्रकार छ:

एसएमएस/ आईभीआर

क्रं सं फर्म/संस्थाको नाम सेवाको विवरण प्रयोग हुने शर्टकोड
नेपाल टेलिकम एसएमएस/ यूएसएसडी र आईभीआर १६००
जानकी टेक्नोलोजि प्रा.लि. एसएमएस ३५००१
आकाश टेक प्रा.लि. एसएमएस ३१००३
स्विफ्ट टेक्नोलोजी प्रालि एसएमएस ३४४५५
अल स्टार आई.टी सोलुसन्स प्रा.लि. एसएमएस  ३४९४९

वेबसाइट

क्रं सं फर्म/संस्थाको नाम सेवाको विवरण
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी www.neb.gov.np
नेपाल टेलिकम www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स लि. www.ekantipur.com
इंडियु सञ्जाल प्रालि www.see.edusanjal.com
इसेवा लि see.esewa.com.np
खल्ती प्रा.लि. https://khalti.com/app
कलेज इन्फो नेपाल प्रा.लि. collegeinfonepal.com/see
द कनेक्ट प्लस प्रा.लि. https://theconnectplus.com
बाह्रखरी मिडिया प्रा.लि. www.12khari.com
१० कलेजेज नेपाल प्रा.लि. https://www.collegesnepal.com/see_result/
११ एनसेल आजियाटा लिमिटेड https://bit.ly/GetNcellApp
१२ स्विफ्ट टेक्नोलोजी प्रा.लि. https://swifttech.com.np/see-result/
१३ निमा एजुकेसन फाउण्डेसन https://result.neemaacademy.com
१४ स्मार्टकार्ड नेपाल प्रा.लि. see.mypay.com.np

सामान्यतया एसएमएसका हकमा SEE टाइप गरेर एक स्पेस छोडी सिम्बोल नम्बर टाइप गरेर तोकिएको शर्टकोडमा मेसेज गर्नुपर्छ।

यसैगरी आईभीआर भनेको दिइएको नम्बर डायल गरेपछि उताबाट आउने अटोमेटिक निर्देशनहरु पालना गर्दै जाने प्रविधि हो। यो मोबाइलमा रिचार्ज गर्दा पालना गरिने आवाजमा आधारित सेवाजस्तै हो।

वेबसाइटका हकमा भने सोझै दिइएको वेब एड्रेस राखेर भिजिट गर्न सकिन्छ। तर यी सबै प्रविधि प्रयोग गर्दा आज प्रयोगकर्ताको अत्यधिक चाप हुने भएकाले नखुल्न, खुल्न समय लगाउन वा रेस्पोन्स आउन ढीला भने हुन सक्छ।

प्रकाशित: १३ असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...