एसईई २०८१ को नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आईभीआरमार्फत् थाहा पाउन सकिने

  • Technology Khabar | ११ असार २०८२, बुधबार
एसईई २०८१ को नतिजा प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आईभीआरमार्फत् थाहा पाउन सकिने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा केही दिनपछि प्रकाशन हुँदैछ। एसईईको नतिजा गत वर्षहरुमा झैं विभिन्न वेबसाइट तथा अन्य प्राविधिक तरिकाबाट प्राप्त गर्न सकिने भएको छ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एउटा सूचना प्रकाशित गरी केही दिनपछि प्रकाशित हुने  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सर्वसाधारणसम्म पुर्याउन आधिकारिक रुपमा अनुमति पाएका विभिन्न वेबसाइट, आईभीआर प्लेटफर्म तथा एसएमएस सेवा प्रदायकहरुको सूची सार्वजनिक गरेको छ।

सूचनामा भनिएको छ, ‘राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १० बाट सञ्चालित माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण SMS, IVR र Website बाट प्रकाशित गर्न देहायबमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकाले सो Shortcode र Website बाट माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ को नतिजासम्बन्धी जानकारी प्राप्त गर्न सकिने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

वेबसाइट तथा एसएमएस र आईभीआर सेवा प्रदायकहरुको सूची यसप्रकार छ:

एसएमएस/ आईभीआर

क्रं सं फर्म/संस्थाको नाम सेवाको विवरण प्रयोग हुने शर्टकोड
नेपाल टेलिकम एसएमएस/ यूएसएसडी र आईभीआर १६००
जानकी टेक्नोलोजि प्रा.लि. एसएमएस ३५००१
आकाश टेक प्रा.लि. एसएमएस ३१००३
स्विफ्ट टेक्नोलोजी प्रालि एसएमएस ३४४५५
अल स्टार आई.टी सोलुसन्स प्रा.लि. एसएमएस  ३४९४९

वेबसाइट

क्रं सं फर्म/संस्थाको नाम सेवाको विवरण
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी www.neb.gov.np
नेपाल टेलिकम www.see.ntc.net.np
कान्तिपुर पब्लिकेसन्स लि. www.ekantipur.com
इंडियु सञ्जाल प्रालि www.see.edusanjal.com
इसेवा लि see.esewa.com.np
खल्ती प्रा.लि. https://khalti.com/app
कलेज इन्फो नेपाल प्रा.लि. collegeinfonepal.com/see
द कनेक्ट प्लस प्रा.लि. https://theconnectplus.com
बाह्रखरी मिडिया प्रा.लि. www.12khari.com
१० कलेजेज नेपाल प्रा.लि. https://www.collegesnepal.com/see_result/
११ एनसेल आजियाटा लिमिटेड https://bit.ly/GetNcellApp
१२ स्विफ्ट टेक्नोलोजी प्रा.लि. https://swifttech.com.np/see-result/
१३ निमा एजुकेसन फाउण्डेसन https://result.neemaacademy.com
१४ स्मार्टकार्ड नेपाल प्रा.लि. see.mypay.com.np

 

 

प्रकाशित: ११ असार २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...