Technology Khabar ३० जेष्ठ २०८२, शुक्रबार
काठमाडौं ।
गुगल, डिस्कर्ड, स्पोटिफाई, अमेजन, स्न्यापच्याट र अन्य सहित विश्वका केही सबैभन्दा धेरै प्रयोग हुने प्लेटफर्महरूमा ठूलो टेक्नोलोजी आउटेज (प्रविधि अवरोध) आएको छ।
विश्वभरका विभिन्न देशका प्रयोगकर्ताहरूले यी कम्पनीहरूले प्रदान गरेका सेवाहरू पहुँच गर्न वा सञ्चालन गर्नका लागि गम्भीर समस्याहरू भागेको रिपोर्ट गरेका छन् भनि सीएनएनले उल्लेख गरेको छ।
प्रारम्भिक रिपोर्टहरू अनुसार, धेरै प्रयोगकर्ताहरू गुगलमा सर्च (खोजी गर्न), डिस्कर्ड मार्फत कुराकानी गर्न, स्पोटिफाईमा संगीत सुन्न, अमेजनमा किनमेल गर्न वा मेसेजिङ एप स्न्यापच्याट प्रयोग गर्न असमर्थ भएको उल्लेख गरिएको छ। केही अवस्थामा, प्लेटफर्महरू लोड नभएको र अन्य अवस्थामा तिनीहरू अवरोध वा उल्लेखनीय ढिलाइका साथ सञ्चालन हुने गरेको उल्लेख गरिएको छ।
यो व्यापक अवरोधको कारणको बारेमा अझै कुनै आधिकारिक जानकारी उपलब्ध भएको छैन। तर प्रभावित कम्पनीहरूले तिनीहरूका प्राविधिक टोलीहरूले समस्याको अनुसन्धान गरिरहेको र यसलाई सकेसम्म चाँडो समाधान गर्न गहन रूपमा काम गरिरहेको घोषणा गरेका छन्।
प्रविधि विज्ञहरूले यो विश्वव्यापी नेटवर्क पूर्वाधारमा समस्या, व्यापक सफ्टवेयर बग, वा यी प्लेटफर्महरूले प्रयोग गर्ने साझा क्लाउड सेवाहरूसँग सम्बन्धित समस्या हुन सक्छ भनि अनुमान लगाएका छन्। यद्यपि, सम्बन्धित पक्षहरूबाट आधिकारिक पुष्टि नभएसम्म, कारणहरूको बारेमा अनिश्चिता रहने जनाइएको छ।
यस्ता अवरोधहरूले व्यक्तिगत प्रयोगकर्ताहरूलाई मात्र नभई सञ्चार, मार्केटिङ र दैनिक सञ्चालनका लागि यी प्लेटफर्महरूमा निर्भर रहेका असंख्य व्यवसायहरूलाई पनि असर गर्ने उल्लेख गरिएको छ। प्रयोगकर्ताहरूले स्पष्टीकरण र समाधान खोज्दै गर्दा सामाजिक सञ्जालहरूमा गुनासो र टिप्पणीहरूमा उल्लेखनीय वृद्धि देखिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
Global outage hits Google, Discord, Spotify, Amazon, Snapchat, and more
Major tech platforms are experiencing widespread disruptions worldwide. Users are reporting issues accessing services like Google, Discord, Spotify, Amazon, and Snapchat.
The cause of the outages is still… pic.twitter.com/eTRFfOWIwx
— NEXTA (@nexta_tv) June 12, 2025
प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार