भारतमा एयर कन्डिसनरको तापक्रम २० डिग्री सेल्सियसभन्दा कम गर्न नपाईने नियम आउँदै

  • Technology Khabar | ३० जेष्ठ २०८२, शुक्रबार
भारतमा एयर कन्डिसनरको तापक्रम २० डिग्री सेल्सियसभन्दा कम गर्न नपाईने नियम आउँदै

काठमाडौं ।

छिमेकी देश भारतमा, सरकारले एयर कन्डिसनरको तापक्रमको बारेमा नयाँ नियम बनाउने योजना बनाइरहेको छ। यो नियमसँगै एयर कन्डिसनर कति चिसो हुन सक्छ भन्ने कुरा निश्चित मापदण्डमा काम गर्नेछ।

यो नियम लागू भएपछि एसीको तापक्रम २० डिग्री सेल्सियसभन्दा कम घटाउन सकिने छैन र २८ डिग्रीभन्दा बढी बढाउन सकिने छैन्।

भारतीय मिडियाहरुकाअनुसार, भारत सरकारका केन्द्रीय ऊर्जा मन्त्री तथा आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल खट्टरले यो बिजुली बचत गर्न र भारतको बढ्दो ऊर्जा मागलाई नियन्त्रण गर्ने प्रयास भएको बताएका छन्।

भारतले ऊर्जा संरक्षण र वातावरणको लागि कडा नियमहरू लागू गर्ने योजना बनाइरहेको समयमा यो नयाँ नियम ल्याउन लागिएको हो, तर यसले भारतमा नयाँ बहस शुरु गरेको छ।

प्रकाशित: ३० जेष्ठ २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार