ह्वावे नेपालले शुरुवात गर्यो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्क

Technology Khabar २६ जेष्ठ २०८२, सोमबार

काठमाडौं ।

विश्व वातावरण दिवस २०२५ को अवसरमा, ह्वावे नेपालले आफ्नो फ्युजन चार्ज स्मार्ट ईभी चार्जिङ नेटवर्कको सुरुवात गरेको छ।

गाडी चार्ज प्रा.लि. र निक (नेपाल इकरात इन्जिनियरिङ कम्पनी) सँगको सहकार्यमा, ह्वावेले हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गर्दै सन् २०२५ भित्र राष्ट्रव्यापी चार्जिङ्ग नेटवर्क पुर्याउने लक्ष्य राखेको छ जसले नेपालभर ग्रीन मोबिलिटी र वातावरणीय दिगोपनलाई तीव्र बनाउने छ।

बागमती प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालको ईभी चार्जिङ्गमा एक महत्वपूर्ण कोशेढुंगाका रूपमा, हेटौंडामा पहिलो फ्युजन चार्ज स्टेशनको उद्घाटन गरे। यस शुरुवातले २०२५ को अन्त्यसम्ममा देशभर थप ९ ओटा स्थानमा स्मार्ट ईभी चार्जिङ स्टेशनहरू मार्फत भविष्यका लागि स्वच्छ उर्जामा आधारित व्यवस्थित र स्तरिय यातायात पूर्वाधारको नयाँ जग बसाल्नेछ।

फ्युजन चार्ज, ह्वावेको नयाँ पुस्ताका लागि तयार पारिएको स्मार्ट इभी चार्जिङ सोलुसन हो, जसले फोटोभोल्टिक्स (पीभी) र ऊर्जा भण्डारण प्रणाली (ईएसएस) लाई एकीकृत गर्दै विद्युत ग्रिड-मैत्री, हाई-एफ़िसिएन्सि स्मार्ट चार्जिङ्ग अनुभव दिनेछ।

कम्पनीकाअनुसार, लिक्विड कुल्ड मोड्युलर आर्किटेक्चर र बहु-स्तरीय पावर पूलिङको साथ डिजाइन गरिएको यस प्रविधिले ५०० किलोवाट सम्मको अल्ट्रा-फास्ट चार्जिङलाई सपोर्ट गर्दछ, जसले व्यक्तिगत सवारी साधनदेखि सार्वजनिक यातायात फ्लीटहरूसम्म सबै प्रकारहरूको सवारी साधनका लागि सुरक्षित र स्केलेबल, दिर्घकालिन चार्जिङ समाधान सुनिश्चित गर्नेछ।

फ्युजन चार्ज प्रविधिका प्रमुख विशेषताहरू:

फ्युजन चार्ज प्रविधिले व्यक्तिगत सवारी साधनदेखि ठूला फ्लीटहरूसम्म सबै किसिमका इभि गाडीहरु का लागि चार्जिङ्ग सपोर्ट गर्दछ। यसले पावर एफ़िसिएन्सि ८० प्रतिशतसम्म बढाई लिक्विड कुल्ड डिजाइन मार्फत अत्यधिक तापक्रम (-३५°C देखि ४५°C सम्म) मा पनि सुरक्षित, अल्ट्रा-फास्ट चार्जिङ (५०० किलोवाट सम्म) सुनिश्चित गर्दछ। मोड्युलर र स्केलेबल संरचनाको साथ, यसले सजिलो अपग्रेड र लामो आयु (१० वर्ष भन्दा बढी) का साथै स्तरीय इन्सुलेशन र सुरक्षा मार्फत तपाईंको लगानीलाई समेत सुरक्षित गर्दछ।

यसको शान्त अपरेशन (५० dB मुनि) तथा युनिवर्सल कम्पाटिबिलिटिले आवासीय र व्यावसायिक सेटिङहरूदेखि उच्च-मागका सार्वजनिक स्टेशनहरू सम्म सहज चार्जिङ्ग अनुभव प्रदान गर्ने दाबी गरिएको छ।

फ्युजन चार्जमा लिक्विड कुलिङ्ग, मल्टि लेभल पावर पुलिङ्ग र ईएसएसका लागि डिसी बस इण्टेग्रसनको सुविधा दिईएको छ। यसले सोलार (PV) र ब्याट्री स्टोरेज (ईएसएस) प्रणालीहरूलाई एकीकृत गरी सहज, ग्रीड-मैत्री चार्जिङ्ग सेवा प्रदान गर्दछ।

यसले प्रतिक्रियाशील पावर नियन्त्रण, ओटीए अपडेटहरू र एकीकृत अनुगमन प्लेटफर्मका साथ् स्मार्ट उर्जा प्रयोग र निर्वाध मर्मत सम्भार पनि सहज बनाउछ। यो भीपीपी-तयार पनि छ, जसको अर्थ यसले पिक-शेभिङ र प्रयोगको समय अनुकूलन जस्ता उन्नत ऊर्जा व्यवस्थापन मोडेलहरूलाई समर्थन गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २६ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया