केई मोटर्सको “ग्रीन ह्वील्स टु मार्बल हिल्स” कार्यक्रम सम्पन्न

  • Technology Khabar | २० जेष्ठ २०८२, मंगलवार
केई मोटर्सको “ग्रीन ह्वील्स टु मार्बल हिल्स” कार्यक्रम सम्पन्न

काठमाडौं ।

नेपालका लागि केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले ‘ग्रिन ह्विल्स टु मार्बल हिल्स’ नामक र्याली सफलतापूर्वक आयोजना गरेका छन।

पर्यावरण सचेत केई गाडीका ८० भन्दा बढी ग्राहक र तिनका परिवार आफ्ना केई गाडीसहित उक्त र्‍यालीमा सहभागी थिए । दिगो यातायात र वातावरणीय उत्तरदायित्वलाई उच्च महत्त्व दिँदै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

र्यालीमा काइयी एक्स३ प्रो, ई-क्युट ०२, र ई-क्युट ०४ सहित काइयीका नवीन विद्युतीय मोडेलहरूको सहभागीता थियो।

र्याली थापाथलीबाट सुरु भएर गोदावरीसम्म पुग्यो, जहाँ सहभागीहरूले मार्बल हिल्सको पदयात्रा सुरु गरेका थिए।

कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा ७० भन्दा बढी रूखहरू रोपेका आयोजकले जनाएको छ।

प्रकाशित: २० जेष्ठ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • २० जेष्ठ २०८२, मंगलवार