Technology Khabar १५ जेष्ठ २०८२, बिहीबार
काठमाडौं ।
सरकारले विद्युतीय सवारी साधन सञ्चालनका लागि गर्न प्रोत्साहन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ।
आगामी वर्षको बजेटमा निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप सञ्चालन गर्न प्रोत्साहन गर्ने बजेटमा उल्लेख गरिएको हो।
संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो घोषणा गरेका हुन्।
“विद्युतीय सवारी साधनको चार्जिङ्ग मेशिन उत्पादन तथा एसेम्बलिङ्ग गर्ने उद्योग स्थापनाका लागि आवश्यक पर्ने उपकरण पैठारीमा १ प्रतिशत भन्सार महसुल लिई अन्य कर महसुल नलाग्ने व्यवस्था गरेको छु। साथै, यस्ता उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने व्यवस्था मिलाएको छु,” उनले भने।
यसका साथै सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्नको लागि थप आर्थिक सहयोग उपलब्ध गराउने अर्थमन्त्रीले बताए।
भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार