नियो बैंक स्थापना गरिने, केवाईसी एक पटक भरे पुग्ने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
नियो बैंक स्थापना गरिने, केवाईसी एक पटक भरे पुग्ने

काठमाडौं ।

अब वर्षमा एक पटक एक स्थानमा केवाईसी (नो योर कस्टमर) अर्थात ग्राहकको बारेमा जान्नुहोस् भन्ने फाराम एक पटक मात्र भरे हुने भएको छ।

संघीय संसदकाे संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल केवाईसीको अवधारणा ल्याउँदै ग्राहकहरुले केवाईसी एक पटक मात्र भर्नुपर्ने र त्यसलाई राष्ट्रिय परिचय पत्रमा जोड्ने व्यवस्था गरिने बताए।

उनले उक्त केवाईसी आवश्यक पर्ने निकायले डिजिटल माध्यमबाट लिन सकिने व्यवस्था गरिने घोषणा गरे।

यसका साथै उनले आगामी आवमा नियो बैंक स्थापना गरिने घोषणा गरेका हुन्।

यसैगरी उनले डिजिटल बैंकिङ्ग र शाखारहित बैंकिङ्ग सेवाको बिस्तार गरिने बताए।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...