ताजा समाचार

तीन करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताहरुले चलाउँछन् मोबाइल र इन्टरनेटको डाटा

तीन करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताहरुले चलाउँछन् मोबाइल र इन्टरनेटको डाटा
सांकेतिक तस्बिर
Global IME Bank

३ करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताहरुले डाटा सेवाको प्रयोग गर्ने गरेका तथ्यांक सार्वजनिक भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा पेस गरेको आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षणअनुसार दुई मोबाइल सेवा प्रदायकहरुका ग्राहकहरुमध्ये ३ करोड ९४ लाख ४ सय ७५ हजारले डाटा सेवा प्रयोग गरेका छन्।

सार्वजनिक तथ्यांकमा भनिएको छ, “नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायक मार्फत उपलब्ध गराएको डाटा सेवा २०८१ फागुनसम्म ३ करोड ९४ लाख ४ सय ७५ हजार प्रयोगकर्ताले प्रयोग गरेका छन्।”

यसमध्ये नेपाल टेलिकमका प्रयोगकर्ताहरु १ करोड ५६ लाख ४५ हजार रहेका छन भने एनसेल आजियाटाका डाटा चलाउने १ करोड १८ लाख ९१ हजार रहेको छ।

यस बाहेकका प्रयोगकर्ताहरुले इन्टरनेट सेवा प्रदायकका डाटा खपत गर्ने गर्छन जून संख्या १ करोड १९ लाख २९ हजार रहेको छ।

तथ्यांक २०८१ असारसम्मको तथ्याङ्क कुल ग्राहकसङ्ख्याको आधारमा गणना गरिएको थियो भने २०८१ फागुनको तथ्याङ्क सक्रिय ग्राहक सङ्ख्याको विवरणमा आधारित रहेको सर्वेक्षण पुस्तिकामा उल्लेख छ।

Sajilo Visa
easy care