एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ७७ सरकारी निकाय आबद्ध

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ७७ सरकारी निकाय आबद्ध

काठमाडौं ।

ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच स्थानीय तहका ६,५६६ वडा केन्द्रमा बिस्तार भएको छ। यसैगरी इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने डिजिटल टेलिभिजनको पहुँच ७२.० प्रतिशत घरधुरीमा पुगेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ आर्थिक सर्वेक्षण पेस गर्दै उक्त जानकारी दिएका हुन्।

नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार ब्रोडब्याण्ड इन्टरनेट सेवा स्थानीय तहका ६,५६६ वडा केन्द्रमा विस्तार भएको तथ्यांकमा उल्लेख छ। यसमध्ये ब्रोडब्याण्ड इन्टरनेट सेवा पुगेको स्थानीय तहको केन्द्र २०८१ फागुनसम्म ७५३ रहेका छन भने स्वास्थ्य केन्द्र ४ हजार २७२ पुगेका छन्। यसैगरी सामुदायिक माध्यमिक विद्यालयको संख्या ५ हजार ३४१ रहेको छ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा ११६ निकाय एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) मा आबद्ध भई ७७ निकायले सो प्रणाली मार्फत कार्य प्रारम्भ गरेका छन्।

तथ्यांकअनुसार २०८१ फागुनसम्म दैनिक ७७२, अर्ध साप्ताहिक ३८, साप्ताहिक २,९९३ र अन्य ४,२३१ गरी ८,०३४ पत्रपत्रिका दर्ता भएका छन् । २०८१ असारसम्म दैनिक ७६६, अर्ध साप्ताहिक ४०, साप्ताहिक २,९८७ र अन्य ४,२१७ गरी ८,०१० पत्रपत्रिका दर्ता भएका थिए।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...