Apple

युरोपमा स्मार्टफोन बजार २ प्रतिशतले घट्यो, प्रिमियम फोनहरू बढ्दै

युरोपमा स्मार्टफोन बजार २ प्रतिशतले घट्यो, प्रिमियम फोनहरू बढ्दै
Global IME Bank

क्यानालिसले भर्खरै युरोपेली बजारको सन् २०२५ को पहिलो त्रैमासिकको बारेमा आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ। क्यानालिसको रिपोर्टले पहिलो त्रैमासिकमा युरोपेली बजारको समग्र बिक्रीमा सामान्य गिरावट देखाएको छ भने सम्पूर्ण बजार २ प्रतिशतले घटेको उल्लेख गरेको छ।

विक्रेताहरूले सन् २०२५ को पहिलो त्रैमासिकमा ३३.१ मिलियन युनिटहरू बिक्री गरेको र ती बिक्रीमध्ये लगभग ३२ प्रतिशत ८०० यूरो भन्दा माथि मूल्यका प्रिमियम फोनहरू भएको बताइएको छ। साथै एप्पल र सामसङ शीर्ष स्थानमा आउन सफल भएका छन्।

एप्पलले वर्षिक रुपमा कुल बिक्रीमा १० प्रतिशत वृद्धि हासिल गर्दै २२ प्रतिशत बजार हिस्साको साथ दोस्रो स्थानमा रहेको छ। सामसङको वृद्धि भने १ प्रतिशत भन्दा कमले बढेको उल्लेख गरिएको छ। तैपनि, सामसङ ३७ प्रतिशत बजार हिस्साको साथ चार्टको शीर्ष स्थानमा रहेको र युरोपेली बजारमा यसको उच्चतम औसत बिक्री मूल्यमा पुगेको जनाइएको छ।

शाओमी भने १६ प्रतिशत जार हिस्सा र बजेट डिभाइसहरूको कमजोर मागको कारण बिक्रीमा २ प्रतिशत गिरावटको साथ तेस्रो स्थानमा रहेको छ। युरोपको शीर्ष पाँचभित्र परेको कम्पनीको यो लगातार बीसौं त्रैमासिक भएको उल्लेख गरिएको छ।

त्यसैगरी मोटोरोला र गुगल पनि शीर्ष पाँचमा पर्न सफल भएका छन्। सन् २०२५ को पहिलो त्रैमासिक गुगलको लागि युरोपमा शीर्ष पाँच भित्रको पहिलो त्रैमासिक भएको बताइएको छ जसले ०.९ मिलियन ढुवानी र यस क्षेत्रमा उत्कृष्ट ४३ प्रतिशत वृद्धि रेकर्ड गरेको उल्लेख गरिएको छ।

आगामी दिनहरुमा सामसङ र एप्पलको प्रिमियम डिभाइसहरूको बलियो माग जारी रहने र कडा प्रतिस्पर्धा पनि जारी नै रहने विश्लेषकहरूको विश्वास रहेको जनाइएको छ। यद्यपि इको–डिजाइन र ब्याट्री निर्देशन जस्ता युरोपेली नियमहरूले लो–इण्ड डिभाइसहरूको लागि प्रतिकूल बजार अवस्था सिर्जना गर्न जारी राख्ने विश्लेषकहरूले थप विश्वास व्यक्त गरेका छन्।

वास्तवमा, सन् २०२५ को लागि बिक्रीमा ३ प्रतिशतको गिरावट र सन् २०२६ मा १ प्रतिशतको सामान्य रिकभरीको पूर्वानुमान गरिएको छ। विक्रेताहरू यस क्षेत्रमा टिकिरहनको लागि दक्षता र नाफामा सुधार गर्न बाध्य हुनेछन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa
easy care