Technology Khabar ११ जेष्ठ २०८२, आईतवार
काठमाडौं ।
एक विशाल क्षुद्रग्रह पृथ्वीतिर बढिरहेको रहेको छ। उक्त क्षुद्रग्रहको उचाइ लगभग आइफेल टावरको जत्रो भएको र यसलाई खगोलविद्हरूले “क्लोज अप्रोच” भनि उल्लेख गरिरहेका बताइएको छ। नासा जेट प्रोपल्सन ल्याबोरेटरी (प्रयोगशाला) का अनुसार, ३८७७४६ (२००३ एमएच४) नामक वस्तु ३३५ मिटर चौडा (लगभग १,१०० फिट) फैलिएको उल्लेख गरिएको छ। यो मे २४ तारिखमा (शनिबार) ४ः०७ बजे दिउँसो इन्डिया स्ट्यान्डर्ड टाइम (१०ः३७ बजे कोअर्डिनेटेड युनिभर्सल टाइम) मा हाम्रो ग्रहको पार गर्दै उड्नेछ। क्षुद्रग्रह हाल ३०,०६० किलोमिटर प्रति घण्टाको गतिमा यात्रा गरिरहेको बताइएको छ। यद्यपि यसले हामीलाई प्रहार नगर्ने बताइएको छ भने विशाल क्षुद्रग्रहले वैज्ञानिकहरूमाझ आश्चर्यचकित बनाएको उल्लेख गरिएको छ।
क्षुद्रग्रह २००३ एमएच४ क्षुद्रग्रहहरूको अपोलो परिवारबाट भएको र यिनीहरुले पृथ्वीको अर्बिटल पाथ (कक्षीय मार्ग) पार गर्ने गरेको थाहा हुन आएको उल्लेख गरिएको छ। यसको कक्ष र निकटताको कारण, यस क्षुद्रग्रह २०० ३एमएच४ लाई पोटेनसल्ली हाजर्डस एस्टोरोइड (पीएचए) को रूपमा वर्गीकृत गरिएको छ। पृथ्वीको ७.५ मिलियन किलोमिटर भित्र आउने र १४० मिटर भन्दा ठूला वस्तुहरूलाई पीएचएहरू भनिने गरिएको छ।
नासा जेपीएलका अनुसार, क्षुद्रग्रह पृथ्वीको ६.६८ मिलियन किलोमिटर भित्र आउने उल्लेख गरिएको छ। यो सुन्दा धेरै टाढा लाग्न सक्छ तर अन्तरिक्षको हिसाबले भने यो चिन्ताको विषय हुनको लागि पर्याप्त रुपमा नजिकको दूरी भएको बताइएको छ।
जोखिम निम्त्याउन सक्ने हजारौं स्पेस रक (अन्तरिक्ष चट्टान) हरू ट्र्याक गर्ने जिम्मेवारी दिइएको नासाको सेन्टर फर नियर–अर्थ अब्जेक्ट स्टडीज (सीएनईओएस) ले “यस सप्ताहन्तको साइटिङ्ग चेतावनी हो, खतरा होइन” भनि उल्लेख गरेको छ।
पर्याप्त दूरीको बावजुद यस क्षुद्रग्रह २००३ एमएच४ लाई नियर–अर्थ अब्जेक्ट (एनईओ) को रूपमा वर्गीकृत गरिएको छ, जसलाई सावधानीपूर्वक निगरानी आवश्यक रहेको उल्लेख गरिएको छ। नासाको निरन्तर ट्र्याकिङ प्रयासहरूले हामीलाई कुनै पनि सम्भावित अन्तरिक्ष खतराहरूको बारेमा जानकारी रहन सुनिश्चित गर्दछ।
नियर–अर्थ अब्जेक्टको निगरानी गर्ने नासाको प्रतिबद्धताः
नासाले विभिन्न अन्तरिक्ष एजेन्सीहरूसँगको सहकार्यमा, नियर–अर्थ अब्जेक्ट (पृथ्वी नजिकका वस्तुहरू) को ट्रयाक राख्न टेलिस्कोप र उन्नत कम्प्युटिङ प्रणालीहरूको परिष्कृत नेटवर्क प्रयोग गर्दछ। यी मध्ये धेरैजसो एनईओहरू पृथ्वीबाट सुरक्षित दूरीमा रहन्छन् भने ७.५ मिलियन किलोमिटर भित्र आउने र ४६० फिट (१४० मिटर) भन्दा बढी आकारका ग्रहहरूले बढ्दो ध्यान पाउने गरेका छन्।
नासाको सेन्टर फर नियर–अर्थ अबजेक्ट स्टडीज (सीएनईओएस) यी स्पेस रक (अन्तरिक्ष चट्टान) हरूलाई नजिकबाट निगरानी गर्न, तिनीहरूले निम्त्याउन सक्ने कुनै पनि जोखिमहरूको मूल्याङ्कन गर्न समर्पित रहेको छ। हाम्रो ग्रहलाई असर गर्न सक्ने कुनै पनि सम्भावित ब्रह्माण्डीय खतराहरू बुझ्न र तयारी गर्न यो सतर्क अवलोकन महत्त्वपूर्ण भएको एनडीटिभीले उल्लेख गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०८२, आईतवार