करोडौँको अफर रहेको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सञ्चालनमा, असार मसान्तसम्म चल्ने

  • Technology Khabar | ५ जेष्ठ २०८२, सोमबार
करोडौँको अफर रहेको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सञ्चालनमा, असार मसान्तसम्म चल्ने

काठमाडौं ।

‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को पूर्व ३ संस्करणको सफलता पछि अझै धेरै अफर, उपहार र उत्साहका साथ चौथो संस्करण यही जेष्ठ १ बाट सुरु गरेको छ। यस संस्करणमा खल्तीले जात्रा ब्याटल ग्राउन्ड नामक नयाँ रोमाञ्चक प्रतिस्पर्धा पनि ल्याएको छ जहाँ हरेक हप्ता खल्ती प्रयोगकर्ताहरूले नयाँ इन्फ्लुयन्सरसँग प्रतिस्पर्धा गर्नेछन्।

कम्पनीका अनुसार यस जात्रा अन्तर्गत ५ जनाले भेस्पा LX 125 जित्न सक्नेछन्, 9 जनाले अनर X8c स्मार्टफोन जित्न साथै प्रयोगकर्ताहरूले अल्टिमा साउन्ड बार, स्मार्ट घडी, एअर बड देखि सयौँ उपहारहरू जित्न सक्नेछन्। पहिलेको संस्करणमा जस्तै हरेक खल्ती प्रयोगकर्ताहरूले आफ्नै प्रोमोकोड बनाई आफ्नो सञ्जालमा सेयर गर्न सक्नेछन् भने हरेक दिन खुत्रुके र हरेक भुक्तानीमा स्क्र्याचकार्ड मार्फत उपहारहरू जित्न सक्नेछन्। यस संस्करणमा खल्तीले ‘जात्रा ब्याटलग्राउन्ड’ पनि सुरुवात गरेको छ।

यो योजना जेठ १ बाट शुरु भएको छ भने असार मसान्तसम्म ६३ दिनका लागि लागु हुनेछ। ६३ दिनको यस जात्रा अवधिमा १५-१५ दिन गरी ४ राउन्ड रहेको छ। प्रत्येक राउन्डमा खल्तीबाट कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू भेस्पा LX 125 को लागि ‘लक्की ड्र’मा सहभागी हुनेछन्।

हरेक राउन्डको अन्त्यमा एक भाग्यशाली विजेता घोषणा हुनेछ। 4 वटै राउन्डहरूमा सहभागी हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि स्वतः सहभागी हुनेछन् र बोनस राउन्डको पाँचौँ भेस्पा LX 125 जित्न सक्नेछन्। कुल मिलाएर एक प्रयोगकर्ताले भेस्पा LX 125 जित्ने ५ वटा मौका पाउनेछन्।

गत वर्ष जस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ। । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘क्रियट’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन्।

साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा १० खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा अनर X7B स्मार्टफोन जित्ने मौका मिल्नेछ।

अर्कोतिर ‘जात्रा ब्याटलग्राउन्ड’ ‘सेयर अ कोड’ को विस्तारित खेल स्वरूप हो जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ। एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड एक टोलीमा तथा सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू अर्को टोलीमा हुनेछन्।

जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २B Gamer ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ।

दैनिक रूपमा ‘खुत्रुके’ फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी, एअर बड जस्ता अल्टिमा प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।

पेमेन्ट जात्रा बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को हामी चौथो संस्करणमा छौँ र गत ३ वर्षका संस्करण भन्दा अझै परिष्कृत र नयाँ स्वरूपमा प्रयोगकर्ता माझ पस्किन पाउँदा हामी निकै नै उत्साहित छौँ। विगतका अफरमा जस्तै यस अफरमा पनि लाखौँ प्रयोगकर्ताहरू सहभागी हुनुहुनेछ र यस अफरले हाम्रो डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्षलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। आफैँले विभिन्न भुक्तानीका प्रोमोकोड बनाई सेयर गर्दै खल्तीको इन्फ्लुयन्सर बन्न मिल्ने सुविधा रहेको साथै हरेक हप्ता कन्टेन्ट क्रियटर सँग कोड रिडिम गर्ने प्रतिस्पर्धाले जात्रामा अझै रोमाञ्चक भएको छ। भेस्पा LX 125, अनर स्मार्टफोन, दैनिक खुत्रुकेमा अल्टिमा प्रडक्टसँगै डिजिटल स्क्र्याच कार्ड जस्ता हाम्रा अफरबाट यस जात्रामा कोही पनि खाली हात रहनु हुनेछैन । यस पेमेन्ट जात्रालाई एक भव्य भुक्तानी पर्वको रूपमा सफलता पूर्वक सञ्चालन गर्न सहकार्य गर्नुहुने सबै साझेदारहरूलाई हामी आभार व्यक्त गर्दछौँ साथै सबै जनालाई यस जात्रामा सहभागी भई अधिकतम लाभ लिन प्रोत्साहन पनि गर्दछौँ।”

प्रकाशित: ५ जेष्ठ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...