यस वर्ष १७ लाख ७१ हजार स्मार्ट लाइसेन्स नपुग हुने अवस्था

  • Technology Khabar | ३१ बैशाख २०८२, बुधबार
यस वर्ष १७ लाख ७१ हजार स्मार्ट लाइसेन्स नपुग हुने अवस्था

काठमाडौं ।

यो वर्षसम्म १७ लाख ७१ हजार स्मार्ट लाइसेन्स कार्ड नपुग हुने महालेखा परीक्षणकको प्रतिवेदनले खुलासा गरेको छ।

सार्वजनिक भएको महालेखा परीक्षकको बासठ्ठिऔं प्रतिवेदनले यस वर्षसम्म २५ लाख ७१ हजार स्मार्ट कार्ड माग भएकोमा ८ लाख कार्ड मात्र मौज्दातमा रहेकाले १७ लाख ७१ हजार कार्ड माग भएकोमा नपुग हुने अवस्था रहेको देखाएको छ। मागअनुसार कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा समेत असर परेको देखिएको छ।

“उक्त अवधिसम्म १२ लाख कार्ड आपूर्ति भएकोमा अत्यावश्यक र विदेश जाने प्रयोगकर्ताहरूलाई ४ लाख स्मार्ट कार्ड वितरण भई ८ लाख मौज्दात रहेको देखिन्छ,” प्रतिवेदनमा भनिएको छ, “सवारी तथा यातायात व्यवस्था विभागले एक विदेशी कम्पनीसँग २०८० भदौ १८ गते भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९ फागुन १० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेकोमा २०८१ असार ३१ गतेसम्म म्याद थप गरेको देखिन्छ।”

प्रकाशित: ३१ बैशाख २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ३१ बैशाख २०८२, बुधबार