बिएफ डियरहिल शूजको २५औँ वार्षिक उत्सव अवसरमा ‘फुटवेयर एक्स्पो २०८२’ आयोजना

  • Technology Khabar | २९ बैशाख २०८२, सोमबार
बिएफ डियरहिल शूजको २५औँ वार्षिक उत्सव अवसरमा ‘फुटवेयर एक्स्पो २०८२’ आयोजना

काठमाडौं ।

बिएफ (बेस फुटवेर) डियरहिल शूजको स्थापनाको २५औँ वार्षिक उत्सवको उपलक्ष्यमा जुत्ता चप्पल प्रदर्शन मेला ‘फुटवेयर एक्स्पो २०८२’ आयोजना गरेको छ।

ललितपुरको १० नम्बर वडामा रहेको ज्वागलस्थित युएन पार्क नजिकै राखिएको प्रदर्शनीमा पाँच सयभन्दा बढी प्रकारका जुत्ता चप्पल रहेको बिएफका संस्थापक होमनाथ उपाध्यायले जानकारी दिएका छन्।

‘ब्राण्डको २५ औं एनिभर्सरीको अवसरमा प्रदर्शनी आयोजना गरेका हौँ। डियरहिल र बिएफ स्पोर्टस गरी करिब पाँच सयभन्दा बढी प्रकारका जुत्ता चप्पल बिक्रीमा राखेका छौँ,’ उपाध्यायले भने।

फुटवेयर एक्स्पोमा कम्पनीले उत्पादन गरेका २ सयदेखि ५ हजारसम्म पर्ने जुत्ताचप्पल पाउन सकिन्छ।

प्रदर्शनमा स्कुलका विद्यार्थी र महिलाहरू लागि विशेष जुत्ता चप्पल रहेको उपाध्यायले जानकारी दिए, यसको लागि शूल्याण्ड शूजका ब्राण्डसँग सहकार्य गरिएको छ। हरेक जुत्तामा १५ देखि ५० प्रतिशत सम्म छुट दिइएको छ।

प्रकाशित: २९ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार