फुडमाण्डुको सेवा बिस्तार : ‘मध्यरात्री फुड डेलिभरी सेवा’ सञ्चालनमा

  • Technology Khabar | २२ बैशाख २०८२, सोमबार
फुडमाण्डुको सेवा बिस्तार : ‘मध्यरात्री फुड डेलिभरी सेवा’ सञ्चालनमा

काठमाडौं ।

नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्री फुड  डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ।

यस ‘मध्यरात्री फुड डेलिभरी सेवा’ मार्फत ग्राहकहरुले राती १२ः०० बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन्।

यस सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “हामी हाम्रा ग्राहकहरूको  जीवनशैली र आवश्यकता अनुसार हाम्रा सेवाहरु पनि थप गर्दै गइरहेका छौं। हामीले हाम्रा ग्राहकहरुको आवश्यकता बुझेर मध्यरात्री फुड डेलिभरी सेवा थप गरेका हौँ।”

शुरुवाती चरणमा, यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड र वरिपरिका क्षेत्रहरुमा उपलब्ध छ। यसले ग्राहकहरूको मागलाई पुरा गर्ने तथा फुडमाण्डुको सेवामा समेत वृद्धि ल्याउने कम्पनीको अपेक्षा छ।

आगामी दिनहरुमा काठमाडौंको अन्य ठाउँहरुमा पनि यो सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार