एप्पलका सीईओद्वारा फरक सिरी आउँदै गरेको पुष्टि

  • Technology Khabar | २२ बैशाख २०८२, सोमबार
एप्पलका सीईओद्वारा फरक सिरी आउँदै गरेको पुष्टि

काठमाडौं ।

एप्पलले भर्खरै आफ्नो आर्थिक त्रैमासिकको नतिजा साझा गरेको छ। कम्पनीले उक्त त्रैमासिकमा ९५.४ बिलियन अमेरिकी डलर आम्दानी (राजस्व) प्राप्त गरेको छ जुन गत वर्षको सोही समयको तुलनामा ५ प्रतिशतले वृद्धि भएको बताइएको छ।

त्यसैगरी सीईओ टिम कुकले हालैका समयका सबैभन्दा चर्चामा रहेको स्मार्ट, एआई–संचालित सिरीको ढिलाइको बारेमा सम्बोधन गरेका छन्। साथै एप्पल इन्टेलिजेन्स रोलआउटको शीर्षक हुने भनिएको उक्त स्मार्ट, एआई–संचालित सिरीको ढिलाइको कारणले निराशाहरू उत्पन्न भएको उल्लेख गरिएको छ।

अवरोधहरूको बारेमा सोध्दा ‘सिरीले कम्पनीको उच्च गुणस्तर मापदण्डमा पुग्ने कुरा सुनिश्चित गर्न एप्पललाई अझै समय चाहिन्छ’ भनि कुकले बताएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

“चीजहरू अगाडि बढिरहेका बेला, यो भने अझै तयार नभएको” कुकले थप उल्लेख गरे।

एप्पलले फरक एसिस्टेण्ट (सहायक) को वाचा गर्दै लगभग एक वर्ष अघि नयाँ सिरीलाई पहिलो पटक टिज (झलक प्रस्तुत) गरेको थियो।

हालको परिस्थितिहरूको आधारमा, सन् २०२६ सम्ममा पनि सिरी अपडेट भएको देख्न सकिने सम्भावना नभएको उल्लेख गरिएको छ। साथै यसको बारेमा कुनै सही मिति उपलब्ध नभएको रिपोर्ट गरेको छ।

प्रकाशित: २२ बैशाख २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार