Technology Khabar २० बैशाख २०८२, शनिबार
काठमाडौं ।
प्रयोगकर्ताहरू भ्रमित र अलमल्लमा परेको हुनाले नयाँ च्याटजीपीटी मोडेललाई प्रयोगबाट फिर्ता लिइएको छ।
आर्टिफिसियल इन्टेलिजेन्स र च्याटबटहरू प्रयोगकर्ताहरूको सहयोग लागि डिजाइनको गरिएका हुन्। तर सान फ्रान्सिस्कोमा आधारित कम्पनी ओपनएआईले च्याटजीपीटी–४ओ च्याटबटको पछिल्लो संस्करण बजारबाट हटाएको छ। प्रयोगकर्ताहरूले यो धेरै सेवाशील, फ्ल्याटरिङ (चापलूसीपूर्ण) भएको र कुराकानीमा प्रयोगकर्ताहरूको सबैभन्दा बेतुका सुझावहरूको प्रशंसा गरेको गुनासो गरेपछि नयाँ मोडेल लाई ओपनएआइले हटाएको हो।
के केही दिन अघि मात्र जारी गरिएको जीपीटी–४ओ कार्यक्रमले अत्यन्तै विनम्र र चापलूसीपूर्ण व्यवहार प्रदर्शन गरेको बताइएको छ भने सबैभन्दा सरल प्रश्नहरूको पनि सुरुमा धेरै प्रशंसाका साथ जवाफ दिइएको भनि प्रयोगकर्ताहरूले रिपोर्ट गरेको उल्लेख छ।
हालका दिनहरूमा, जीपीटीको यो संस्करणको बारेमा सामाजिक सञ्जालमा स्टोरिज (कथाहरू) प्रसारित भइरहेका छन्। एक कार्यक्रम जसले मानव–कम्प्युटर सञ्चारलाई सहज बनाउन र उत्तर वा अनुवादहरू प्रदान गर्न डीप लनिङ्ग (गहिरो अध्ययन) प्रयोग गर्दछ – जहाँ, उदाहरणका लागि, “के मैले क्याक्टसलाई अँगालो हाले हुन्छ?” भन्ने जस्ता प्रश्नहरूले पनि बटबाट उत्साहजनक समर्थन प्राप्त गरिएको, मिडिया रिपोर्टहरूले उल्लेख गरेका छन्।
प्रयोगकर्ताहरूले यस्तो व्यवहार भ्रामक र अप्रिय भएको गुनासो गरेका छन् र जसले गर्दा कम्पनी कारवाहिको लागि वाध्य भएको बताइएको छ। च्याटबट विकासकर्ताहरूले प्रयोगकर्ताहरूलाई कुनै पनि हालतमा खुशी पार्ने सफ्टवेयर सिर्जना गर्ने प्रयास गरेको यसको एउटा कारण हुन सक्ने बताइएको छ भने कम्पनीको तथ्याङ्क अनुसार, प्रशंसा सामान्यतया सफलतापूर्वक प्रयोग गरिएको र सकारात्मक प्रतिक्रिया प्राप्त गरेको उल्लेख गरिएको छ।
ओपनएआईले भविष्यमा आफ्नो च्याटबटको लागि थप व्यवहारिक विकल्पहरू प्रस्ताव गर्ने योजना बनाएको छ, जुन दुई वर्षभन्दा बढी समयदेखि कृत्रिम बुद्धिमत्ताको लागि उत्साहको स्रोत बनेको छ र अहिले प्रत्येक हप्ता लगभग ५० करोड सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।
ओपनएआईका सीईओ साम अल्टम्यानले यो संस्करणको रोलआउट पूरा भएको छ र टोली यसलाई सुधार गर्न काम गरिरहेको बताएका छन्। साथै उनले प्लेटफर्म एक्समा नयाँ संस्करण धेरै चापलूसी र बोरिंग भएको स्वीकार गरेको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: २० बैशाख २०८२, शनिबार