Technology Khabar १९ बैशाख २०८२, शुक्रबार
काठमाडौं ।
क्यानालिसले विश्वव्यापी स्मार्टफोन ढुवानीको बारेमा आफ्नो पछिल्लो रिपोर्ट सार्वजनिक गरेको छ। प्रतिवेदनले सन् २०२५ को पहिलो त्रैमासिकमा २९ करोड ६९ लाख (२९६।९ मिलियन) एकाइहरू ढुवानी गरिएको बताएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा केवल ०.२ प्रतिशतले बढी हो।
चीन र संयुक्त राज्य अमेरिकाका बजारहरूमा स्वस्थ वृद्धि देखिएको भए पनि भारत, युरोप र मध्य पूर्व जस्ता बजारहरूमा सुस्त गतिविधिले अफसेट (सन्तुलित) बनाएको उल्लेख गरिएको छ।
भारत, ल्याटिन अमेरिका र मध्य पूर्वमा आएको गिरावटले रिप्लेसमेण्ट डिमाण्ड (प्रतिस्थापन माग) मा स्याचुरेसनलाई संकेत गरेको छ। यद्यपि यी क्षेत्रहरूमा अघिल्लो त्रैमासिकमा वृद्धि देखिएको थियो भने प्रयोगकर्ताहरू अब स्मार्टफोन किन्न बढी अनिच्छुक भएको उल्लेख गरिएको छ।
अर्कोतर्फ, युरोपले आगामी इको–डिजाइन निर्देशन अगाडि सन् २०२४ मा प्रशस्त ढुवानी पछि उच्च इन्भेन्टरीको सामना गरिरहेको छ। ईयूले सबै फोन निर्माताहरूले सजिलै मर्मत गर्न सकिने डिभाइसाहरू र धेरै वर्षको सफ्टवेयर समर्थन प्रदान गर्न माग गरेको छ। तर यो सन् २०२५ पछि आयात गरिएका डिभाइसहरूमा मात्र लागू हुनेछ।
अफ्रिकाले सबै निर्माताहरूबाट “भाइब्रेण्ट रिटेल (खुद्रा) गतिविधिहरू” र “सक्रिय बजार विस्तार प्रयासहरू” देखेको छ। भिभो र अनर जस्ता कम्पनीहरूले आफ्नो विदेशी बजारमा दोहोरो अंकको वृद्धि देखेका छन् भने अनर ऐतिहासिक उच्चतम स्तरमा पुग्न सफल भएको छ।
संयुक्त राज्य अमेरिकाको अवस्था पनि रोचक रहेको छ। निर्माताहरू, विशेष गरी एप्पलले वित्तीय लागतबाट बच्नको लागि “लिबरेशन डे” ट्यारिफ अघि धेरै फोनहरू ढुवानी गरेको उल्लेख छ। यद्यपि, यो मुद्दाले कम लागतका मोडेलहरूलाई असमान रूपमा असर गर्नेछ, जसले एएसपी उच्च बनाउनेछ भने उपभोक्ताहरू र निर्माताहरू दुवैले संघर्ष गर्नुपर्नेछ।
कम्पनीहरूतर्फ, सामसङले २० प्रतिशत बजार हिस्साको साथ आफ्नो अग्रता कायम राखेको छ भने त्यसपछि एप्पलले १९ प्रतिशत बजार हिस्साको साथ, मार्चमा भण्डारणको कारणले गर्दा दोस्रो स्थानमा रहेको छ। शाओमी १४ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा रहेको छ भने भिभो र ओप्पो शीर्ष ५ मा परेका छन्।
त्यसैगरी प्रमुख ब्रान्डहरू दोस्रो त्रैमासिकमा बजार पुनरुत्थानको बारेमा “आशावादी” रहेको क्यानालिसले औंल्याएको छ। इन्भेन्टरी स्तरमा कमी र नयाँ प्रोडक्ट लन्चले बजार प्रदर्शन बढाउनु पर्नेछ, भने मध्य–दायरा खण्ड (२००–४०० अमेरिकी डलर) मा प्रतिस्पर्धा कडा हुँदै गइरहेको थप उल्लेख गरिएको छ।
बढ्दो विश्वव्यापी व्यापार तनावले देशहरूलाई स्थानीयकृत स्मार्टफोन निर्माणलाई पछ्याउन पनि प्रेरित गर्न सक्छ, जसको लागि थप लगानी र लागत दबाब आवश्यक पर्दछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार