खगोल/अन्तरिक्ष

शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश

शेन्जोउ–२०’ अन्तरिक्ष यात्री अन्तरिक्ष केन्द्रमा प्रवेश
Global IME Bank

‘शेन्जोउ–२०’ अन्तरिक्ष यानमा सवार तीनजना चिनियाँ अन्तरिक्ष यात्रीहरू शुक्रबार बिहान पृथ्वीको कक्षमा अवस्थित चीनको अन्तरिक्ष केन्द्रमा प्रवेश गरेका छन्। उनीहरूले ‘शेन्जोउ–१९’ मा रहेका अर्का तीनजना अन्तरिक्ष यात्रीहरूसँग भेट गर्दै अन्तरिक्षमा नयाँ समूह हस्तान्तरण प्रक्रिया सुरु गरेका हुन्।

‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्ष मिसन हो, जुन सन् २०२५ मा चीनको ‘तिआनगोंग’ अन्तरिक्ष केन्द्रमा नयाँ अन्तरिक्ष यात्री टोली पुर्याउन प्रक्षेपण गरिएको थियो।

यो शेन्जोउ सिरिजको २०औँ मिसन हो र यसको मुख्य उद्देश्य अन्तरिक्ष केन्द्रमा पहिलेबाट रहेका अन्तरिक्ष यात्रीहरूसँग भेट गरी नियत कार्यहरू सम्पन्न गर्नु तथा जिम्मेवारीको हस्तान्तरण गर्नु हो। शेन्जोउ–२० को सफल मिसनले चीनको दीर्घकालीन अन्तरिक्ष अन्वेषण कार्यक्रमलाई अझ मजबुत बनाएको छ।

चीन मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार, शेन्जोउ–१९ टोलीले शुक्रबार बिहान स्थानिय समय १ः१७ बजे ढोका खोलेर शेन्जोउ–२० टोलीलाई स्वागत गरेका थिए। छैटौँ पटकको यस्तो अन्तरिक्ष भेटघाटको अवसरमा सबै ६ अन्तरिक्ष यात्रीहरूले सामूहिक फोटो पनि खिचेका छन्।

सीएमएसएका अनुसार, दुवै टोलीले आगामी पाँच दिनसम्म सँगै बस्ने र निर्धारित कार्यहरू तथा हस्तान्तरण प्रक्रिया सम्पन्न गर्नेछन्। शेन्जोउ–१९ टोली आगामी अप्रिल २९ मा उत्तर चीनको इनर मङ्गोलिया स्वायत्त क्षेत्रस्थित डोङफेङ अवतरण स्थलमा फर्किने तालिका रहेको बताइएको छ।-रासस

Sajilo Visa
easy care