डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी

  • Technology Khabar | १२ बैशाख २०८२, शुक्रबार
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी

काठमाडौं ।

डोटीमा पछिल्लो समय  ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी बन्दै गएको छ। जिल्लाका नौवटा स्थानीय तहमा रहेका पालिकाका स्वास्थ्य चौकीमा ग्रामीण अल्ट्रासाउन्ड सेवाबाट सहज भएको छ।

घुम्ती अल्ट्रासाउन्ड सेवा जिल्लाका सबै स्वास्थ्य संस्थामा सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताए।

जिल्लामा आर्थिक वर्ष २०७७-७८ देखि जिल्लाका नौवटा स्थानीय तहका एक, एक स्वास्थ्य संस्थाबाट अल्ट्रासाउन्ड सेवा आरम्भ गरिएको हो। हाल सेवा विस्तार गरी सबै स्वास्थ्य संस्थामा पुर्याइएको उनले बताए।

ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालनका लागि नर्सिङ कर्मचारीलाई २१ दिने आधारभूत तालिम  दिई दक्ष बनाई सेवा प्रभावकारी भइरहेको बडीकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुुख  योगेन्द्र शाहीले बताए।

बडीकेदार गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रत्येक महिना ५ देखि २० गतेसम्म अल्ट्रासाउन्ड सेवा सञ्चालन हुने गरेको छ। गर्भवती र शिशुको अवस्था थाहा पाउन नियमित रुपमा स्वास्थ्य जँचाउनुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल,  शिशुको वृद्धि विकासलगायतबारे थाहा पाउन सकिने अनमी अञ्जना चन्दले  बताउनुभयो। “अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ”, उनले भने, “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी लिन सकिन्छ।”-रासस

प्रकाशित: १२ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • १२ बैशाख २०८२, शुक्रबार