Apple

आगामी आईफोन १७ एयर कति पातलो हुनेछ भनेर भिडियोले गर्यो खुलासा

आगामी आईफोन १७ एयर कति पातलो हुनेछ भनेर भिडियोले गर्यो खुलासा
Global IME Bank

आगामी सेप्टेम्बरमा आउने आईफोन १७ एयरले सामसङको ग्यालेक्सी एस२५ एजलाई टक्कर दिने भएको छ। सामसङको डिभाइसको मोटाइ ६.४ मिमी रहेको छ भने एप्पलको आईफोन १७ एयरको मोटाइ (थिकनेस) ५.५ मिमी हुनेछ भनि धेरै अफवाहहरूले बताएका छन्।

यसै क्रममा अब, आईफोन १७ एयर बाँकी आईफोन १७ परिवारको तुलनामा कति पातलो हुनेछ भनेर देखाउने भिडियो सार्वजनिक भएको छ। उक्त भिडियोमा देखा परेको आईफोन १७ एयर मोल्ड सिधै चीनबाट आएको खुलासा गरिएको छ र मोल्ड ५.६५ मिमी पातलो भएको बताइएको छ।

यस प्रकारको पातलो डिभाइस डेलिभर (प्रस्तुत) गर्न, एप्पलले क्यामरा प्रणालीमा सम्झौता गरेको र एयरको पछाडि एउटा मात्र स्न्यापर रहेको बताइएको छ। यस डिभाइसको ब्याट्री क्षमतामा पनि यसका स्थिर साथीहरूको तुलनामा सम्झौता गरिने अफवाहहरूले उल्लेख गरेका छन्। साथै यस डिभाइसले कुनै पनि बेन्ड परीक्षणलाई कसरी ह्यान्डल गर्छ भनेर हेर्नको लागि पार्खनु पार्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

एप्पलको आगामी आईफोन १७ एयर कति पातलो हुनेछ भनेर देखाउने भिडियो हेर्नुहोस्ः

Sajilo Visa
easy care