एन्ड्रोइड अटो–रिस्टार्ट सुरक्षा सुविधा अझै लाइभ नभएको गुगलको स्पष्टोक्ति

Technology Khabar ६ बैशाख २०८२, शनिबार

एन्ड्रोइड अटो–रिस्टार्ट सुरक्षा सुविधा अझै लाइभ नभएको गुगलको स्पष्टोक्ति
गुगलको लोगो। एलेक्स डुडरद्वारा खिचिएको तस्बिर,अनस्प्लास डटकम।

काठमाडौं ।

केही दिन अघि गुगल प्ले सेवाहरूको पछिल्लो अपडेट जारी गर्दै नयाँ सुरक्षा सुविधाको साथ आएको बताइएको थियो। जस अन्तर्गत फोन अब लगातार तीन दिनसम्म लक गरिएको खण्डमा स्वतः रिस्टार्ट हुने सुविधा रहेको उल्लेख गरिएको थियो।

हिजो गुगल प्ले सेवाहरूको पछिल्लो रिलीजमा गहिरो अध्ययन गर्दा लगातार तीन दिनसम्म फोन लक गरिएको खण्डमा स्वतः रिस्टार्ट हुनेछ भन्ने यो नयाँ सुविधाको बारेमा नयाँ कुरा पत्ता लागेको बताइएको छ।

गुगलले भने उक्त नयाँ सुरक्षा सुविधा अझै लाइभ नभएको स्पष्ट पारेको छ र यसमा हाल प्रयोगकर्ता इन्टरफेस नभएको उल्लेख गरिएको छ। यो सुविधा अब पछिको अपडेटको साथ आउने बताइएको छ र यो एक अप्ट–इन सुविधाको रुपमा उपलब्ध हुने भएकोले यो डिफल्ट (पूर्वनिर्धारित) रूपमा सक्रिय नहुने उल्लेख गरिएको छ। त्यसैले यसलाई सेटिङसमा गएर म्यानुअल रूपमा सक्रिय गर्नुपर्ने बताइएको छ।

साथै यसले कहिले यूआई प्राप्त गर्नेछ र वास्तवमा कहिले प्रयोगयोग्य हुनेछ भन्ने बारेमा पनि स्पष्टता नभएको बताइएको छ। एप्पलले गत वर्ष आईओएस १८.१ मा यस्तै केहि सुविधा बेक्ड (तयार÷उपलब्ध) गराएको थियो र विशेष गरी यदि यो अप्ट–इन भएको खण्डमा कुनै हानि नहुने उल्लेख गरिएको छ।

एक पटक यो ल्याण्ड (अवतरण) भएपछि, यदि तपाईंले यसलाई अन गर्नु भयो भने, तपाईंको एन्ड्रोइड फोन वा ट्याब्लेट लगातार ७२ घण्टासम्म लक (अन तर प्रयोग नगरिएको) हुँदा स्वतः रिस्टार्ट हुने उल्लेख गरिएको छ। त्यसपछि डिभाइसलाई “बिफोर फर्स्ट अनलक” स्टेट (पहिलो अनलक अघिको स्थिति) मा राख्ने÷लैजाने छ, जहाँ डाटा इन्क्रिप्ट हुन्छ र फोन “आफ्टर फर्स्ट अनलक” स्टेट (पहिलो अनलक पछिको स्थिति) मा छँदाको तुलनामा भन्दा पहुँच गर्न गाह्रो हुनेछ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ बैशाख २०८२, शनिबार

तपाइको प्रतिक्रिया