ताजा समाचार

यस वर्षको नेशनल आईसीटी अवार्ड आयोजना गर्दै सञ्चार मन्त्रालय, यसरी दिनुहोस् आवेदन

यस वर्षको नेशनल आईसीटी अवार्ड आयोजना गर्दै सञ्चार मन्त्रालय, यसरी दिनुहोस् आवेदन
File Photo
Global IME Bank

सरकारले यस वर्षका लागि नेशनल आईसीटी अवार्ड अर्थात् राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन खुला गरेको छ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रुपमा मनाउँदै आइरहेको छ।

मन्त्रालयले आज एउटा सूचना प्रकाशित गरी विभिन्न विधाका पुरस्कारका लागि आवेदन दिन आग्रह गरेको हो।

‘उक्त दिवसको उपलक्ष्यमा नेपालको सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संघसंस्थाहरु मध्येबाट सर्वोत्कृष्टलाई तपसिलका विधाहरुमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले “राष्ट्रिय सूचना तथा |सञ्चार प्रविधि पुरस्कार २०२५ प्रदान गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक सार्वजनिक संस्था / कार्यालय/कम्पनी | तथा व्यक्तिहरुले आवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा भनिएको छ।

सूचनाको तपसिलमा उल्लिखित पुरस्कार दिइने विधाहरु

१. नेशनल आईसीटी अवार्ड २०२५

२. नेशनल आईसीटी अवार्ड २०२५ (महिला)

३. नेशनल आईसीटी अवार्ड २०२५ ( पब्लिक सेक्टर)

४. नेशनल आईसीटी अवार्ड २०२५ (प्राइभेट सेक्टर)

५. नेशनल आईसीटी अवार्ड २०२५ (पब्लिक सेक्टर-प्रदेश/स्थानीय)

६. नेशनल आईसीटी अवार्ड २०२५ (प्राइभेट सेक्टर-प्रदेश/स्थानीय)

७. नेशनल आईसीटी  इनोभेशन अवार्ड २०२५

८. नेशनल आईसीटी स्टार्टअप अवार्ड २०२५

सूचना अनुसार आवेदकले भर्नुपर्ने फारामको ढाँचा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट www. mocit.gov.np र सूचना प्रविधि विभागको वेवसाइट www.doit.gov.np मा उपलब्ध रहेको छ।

उक्त आवेदन फाराम भरी २०८२ साल बैशाख ७ गते बेलुका ५:०० बजे भित्र [email protected] ईमेलमा पठाउन वा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गराइसक्नु पर्नेछ।

Sajilo Visa
easy care