Technology Khabar १५ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलले आईओएस १९ र म्याकओएस १६ को लागि नयाँ इन्टरफेसमा काम गरिरहेको छ, जसले दुवै अपरेटिङ सिस्टमहरूलाई भिजनओएस सँग मिल्दोजुल्दो बनाउने छ।
युट्युबर जोन प्रोसरद्वारा साझा गरिएका लीक तस्बिरहरूले टप (माथिको भाग) मा रिडिजाइन गरिएका बटनहरू भएको म्यासेजेज एप देखाएका छन् जुन भिजनओएसको सम्झना दिलाउने “सर्कुलर, ग्लास” इफेक्टले कभर गरिएको छ।
थप गोलाकार किनारहरू सहित आईफोनको भर्चुअल किबोर्डलाई पनि थोरै पुनः डिजाइन गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
नयाँ इन्टरफेसमा धेरै फरक नहुने भएकोले आईओएस १९ मा आमूल परिवर्तनको अपेक्षा गर्ने प्रयोगकर्ताहरू भने असन्तुष्ट हुन सक्ने प्रोसरले उल्लेख गरेको छन्।
यसले एप्पल भिजन प्रो अपरेटिङ सिस्टमबाट प्रेरित थप इलिमेन्टहरू थप्ने बताइएको छ।
ब्लूमबर्गका मार्क गर्मनले आईओएस १९ र म्याकओएस १६ लाई “वर्षहरूमा सबैभन्दा ठूलो इन्टरफेस रिफ्रेस” को रूपमा वर्णन गरेको छन् भने प्रोसरले यस अघि आईफोनको लागि सम्भावित नयाँ क्यामरा एपको अवधारणाहरू साझा गरेका थिए।
यी अफवाहहरूलाई डब्ल्यूडब्ल्यूडीसी २०२५ कार्यक्रमको आधिकारिक भिजुअल आईडेनटिटीले समर्थन गरेको बताइएको छ जुन ग्लास इलिमेन्टहरू, डेफ्थ (गहिराइ) र श्याडोज (छायाँहरू) ले भरिएको हुनाले आईओएस १९ ले अपनाउन सक्ने डिजाइनको दिशातर्फ संकेत गर्ने सम्भावनाको उल्लेख गरिएको छ।
अन्तिम पटक आईओएस प्रणालीको पूर्ण अपडेट सन् २०१३ मा आईओएस ७ सँगै भएको थियो। त्यसैगरी सन् २०२० मा एप्पलले थ्रीडी आइकनहरूसहित म्याकओएस बिग सुर प्रस्तुत गरेको थियो जसले आईओएसमा पनि यस्तै शैली आउन सक्छ भन्ने अनुमानलाई बढावा दिएको छ।
यसको आधिकारिक पुष्टि भने जुन ९ तारिखमा आयोजना हुने एप्पलको डब्ल्यूडब्ल्यूडीसी २०२५ सम्मेलनमा हुनेछ।
प्रकाशित: १५ चैत्र २०८१, शुक्रबार