ब्रह्माण्डको अन्त्य कसरी हुनेछ? वैज्ञानिकहरूले यसलाई दुई परिदृश्यहरूमा सीमित गरे

Technology Khabar ११ चैत्र २०८१, सोमबार

काठमाडौं ।

वैज्ञानिकहरू ब्रह्माण्डको लगभग ७० प्रतिशत भाग ओगटेको डार्क इनर्जी भनिने रहस्यमय शक्तिको प्रकृतिमा केन्द्रित रहेर यसको बुझाइको लागि अध्ययन गरि रहेका छन्।

वैज्ञानिकहरू डार्क इनर्जी भनिने रहस्यमय शक्तिको प्रकृति बुझ्न र यसले ब्रह्माण्डको भाग्यलाई कसरी असर गर्छ भन्ने बुझाइको अलि नजिक पुगेका छन्।

ब्रह्माण्डको लगभग ७० प्रतिशत भाग ओगटेको ठूलो, शक्तिशाली शक्ति (बल) ले – सबै ताराहरू र आकाशगंगाहरूलाई एकअर्काबाट छिटो गतिमा टाढा धकेलिरहेको उल्लेख छ।

‘वैज्ञानिकहरूले लामो समयदेखि सोचेको जस्तै के यो डार्क इनर्जी एक स्थिर शक्ति हो वा गत वर्ष अस्थायी रूपमा प्रस्ताव गरिएको एक आश्चर्यजनक रिङ्कल जस्तै के यो शक्ति (बल) कमजोर हुँदैछ’ भन्ने प्रश्नको वैज्ञानिकहरूले जवाफ दिन खोजिरहेका छन्।

बुधबार अमेरिकी भौतिक समाजको बैठकमा प्रस्तुत गरिएका नतिजाहरूले शक्ति कमजोर हुँदैछ भन्ने कुरालाई बलियो बनाएको उल्लेख गरिएको छ। यद्यपि वैज्ञानिकहरू भने यसबारे अझै निश्चित नभएको र उनीहरूले अझै पनि ब्रह्माण्डको बाँकी बुझाइको लागि यसको अर्थ के हो भनेर काम नगरेका बताइएको छ।

अद्यावधिक गरिएका निष्कर्षहरू एक अन्तर्राष्ट्रिय अनुसन्धान सहकार्यबाट आएका हुन् जसले ब्रह्माण्डको इतिहासको ११ अर्ब वर्षमा आकाशगंगाहरू कसरी फैलिएका र समूहबद्ध भएका छन् भनेर हेर्नको लागि त्रि–आयामिक नक्सा सिर्जना गरिरहेको उल्लेख छ।

आकाशगंगाहरू कसरी सर्छन् भनेर ध्यानपूर्वक ट्र्याक गर्नाले वैज्ञानिकहरूलाई तिनीहरूको वरपर चलायमान हुने शक्तिहरूको बारेमा जान्न मद्दत गर्ने बताइएको छ।

डार्क इनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्ट भनिने यस सहकार्यले गत वर्ष ६ मिलियन (६० लाख) आकाशगंगा र क्वासरहरूको पहिलो विश्लेषण जारी गरेको थियो भने अब थप तथ्याङ्क थपेको र जसले गर्दा गणना लगभग १५ मिलियन (१ करोड ५० लाख) पुगेको बताइएको छ।

विस्फोट हुने ताराहरू, युवा ब्रह्माण्डबाट बचेको प्रकाश र आकाशगंगाको आकारमा विकृतिहरू जस्ता अन्य मापनहरूबाट लिइएका तिनीहरूका अद्यावधिक परिणामहरूले गत वर्ष प्रस्तुत गरिएको डार्क इनर्जी (अँध्यारो ऊर्जा) घट्दै गइरहेको हुन सक्छ भन्ने विचारलाई समर्थन गरेको उल्लेख छ।

“यो साँच्चै आश्चर्यजनक खोजबाट लगभग एक क्षणमा सर्दैछ जहाँ हामीले ब्रह्माण्ड विज्ञानको बारेमा सोचेको कुरालाई त्याग्नुपर्नछ र फेरि सुरु गर्नुपर्छ,” पेन्सलभेनिया विश्वविद्यालयका ब्रह्माण्डविद् भुवनेश जैनले बताएका छन्। उनी अनुसन्धानमा भने संलग्न नभएको उल्लेख गरिएको छ।

अहिले डार्क इनर्जी स्थिर छ भन्ने विचारलाई पूर्ण रूपमा अस्वीकार गर्ने समय नआएको र नयाँ परिणामहरू अझै पनि सांख्यिकीय प्रमाण भौतिकशास्त्रको लागि आवश्यक गोल्ड स्ट्याण्डर्ड लेभल (सुनौलो मापदण्ड-स्वर्ण मानक स्तर) बाट अपर्याप्त छन्।

यस सहकार्यले सन् २०२६ मा आफ्नो सर्वेक्षणको अन्त्यसम्ममा लगभग ५० मिलियन (५ करोड) आकाशगंगा र क्वासरहरूको नक्साङ्कन गर्ने लक्ष्य राखेको छ। र विश्वभरका अन्य प्रयासहरूले डार्क इनर्जीमा नजर राखेका छन् र आगामी वर्षहरूमा आफ्नै डाटा जारी गर्ने लक्ष्य राखेका छन् जसमा युरोपियन स्पेस (युरोपेली अन्तरिक्ष) एजेन्सीको युक्लिड मिसन र चिलीमा रहेको भेरा सी. रुबिन अजर्भेटरी समावेश रहेका छन्।

डार्क इनर्जी कमजोर हुँदैछ भनेर निश्चित गर्नको लागि त्यो गोल्ड स्ट्याण्डर्ड (सुनौलो मापदण्ड/स्वर्ण मानक) मा “हामी समान मापन भएका धेरै फरक सहकार्यहरू हेर्न चाहन्छौं” भनि दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका ब्रह्माण्डविद् क्रिस पारडोले भनेका छन् भने उनी नयाँ अनुसन्धानमा भने संलग्न नभएको उल्लेख गरिएको छ।

दुई परिदृश्यहरू

यदि डार्क इनर्जी स्थिर रहेको छ भने हाम्रो ब्रह्माण्ड सधैंभरि विस्तार हुँदै जान सक्छ, अझ चिसो, एक्लो र स्थिर हुँदै जान्छ भनी वैज्ञानिकहरू भन्दछन्।

यदि डार्क इनर्जी समयसँगै घट्दै जान्छ वा गरिरहेको छ भने, जुन अहिले सम्भव देखिएको छ, ब्रह्माण्ड एक दिन विस्तार हुन बन्द हुन सक्छ र अन्ततः बिग क्रन्च भनिने घटनामा आफैंमा पतन हुन सक्छ।

यो सबैभन्दा खुशीको भाग्य जस्तो नलाग्न सक्छ, तर यसले केही क्लोजर (बन्द) प्रदान गर्दछ भनी डलासको टेक्सास विश्वविद्यालयका ब्रह्माण्डविद् र अध्ययन सहयोगी मुस्तफा इशाक–बोशाकीले भने।

“अब, सबै कुरा समाप्त हुने सम्भावना छ” उनले भने। “के हामी यसलाई राम्रो वा नराम्रो कुरा मान्छौं? मलाई थाहा छैन” भनी उनले बताएको इन्डिपेन्डेन्टले उल्लेख गरेको छ।

प्रकाशित: ११ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया