Technology Khabar ९ चैत्र २०८१, शनिबार
काठमाडौं ।
ह्वावेले भर्खरै आफ्नो उत्कृष्ट डिजाइन भएको पछिल्लो फ्लिप फोन ‘पुरा एक्स’ प्रस्तुत गरेको छ। फोल्डेबल खण्डमा सबैभन्दा ठूलो नाम सामसङ हुन सक्छ, तर जब वास्तविक नवीनताको कुरा आउँदा ह्वावेले सबै बोल्ड कदमहरू चालिरहेको उल्लेख गरिएको छ।
ह्वावेले पहिले नै बुक–शैली र क्ल्यामशेल फोल्डेबल पस्तुत गरिसकेको छ भने गत वर्ष कम्पनीले विश्वको पहिलो ट्राई–फोल्ड लन्च पनि गरेको थियो। यसै क्रममा अब, ह्वावेले अर्को अद्वितीय फर्म फ्याक्टर ‘पुरा एक्स’ को साथ फिर्ता आएको छ जुन उद्योगको पहिलो चौडा फोल्डेबल स्मार्टफोन भएको बताइएको छ।
पुरा एक्सलाई फराकिलो क्ल्यामशेल फोल्डेबलको रूपमा सोच्न सकिने बताएको छ। हामी अभ्यस्त भएको न्यारो फ्लिप–शैली फोल्डेबलको सट्टा पुरा एक्सले तपाईंलाई तेर्सो ढाँचामा अतिरिक्त स्क्रिन रियल इस्टेट दिने बताइएको छ जसले गर्दा हामीले फोल्डेबल फोनहरू प्रयोग गर्ने तरिका परिवर्तन गर्न सक्ने बताइएको छ।
ह्वावे पुरा एक्सको स्पेसिफिकेशनहरूः
पुरा एक्सको बाहिरी भागमा, १ः१ आस्पेक्ट रेसियो र ९८०×९८० रिजोल्युसन भएको ३.५ इन्चको ओएलईडी कभर डिस्प्ले रहेको छ। यो टिपिकल टल (अग्लो) र न्यारो (साँघुरो) कभर स्क्रिन नभएर यो कम्प्याक्ट, वर्ग आकारको डिस्प्ले भएको बताइएको छ।
पुरा एक्स भित्रको मुख्य स्क्रिन भने २१२०×१३२० रिजोल्युसन र १६ः१० आस्पेक्ट रेसियो भएको ६.३ इन्चको ओएलईडी भएको उल्लेख छ। यसको एक्स्ट्रा भर्टिकल स्पेस (अतिरिक्त ठाडो ठाउँ) मा डकुमेन्ट (कागजात) हरू पढ्न, वेब ब्राउज गर्न र साँघुरो महसुस नगरी दुई एपहरू एक अर्काको छेउछाउमा साथसाथै चलाउन सकिने बताइएको छ।
पुरा एक्समा रहेका क्यामरा प्रणालीमा ओआईएस सहितको ५० मेगापिक्सेलको प्राथमिक सेन्सर, ४० मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल लेन्स र ३.५ह अप्टिकल जुम र ३०ह डिजिटल जुम भएको ८ मेगापिक्सेल टेलिफोटो सेन्सर प्याक गरिएको छ।
डिभाइसको अगाडि, १०.७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ। साथै धेरैजसो फोल्डेबल क्यामराहरू जस्तै प्राथमिक क्यामराले सेल्फी शूटरको रूपमा पनि काम गर्न सक्ने उल्लेख गरिएको छ।
यो डिभाइस १२जीबी र्याम र २५६जीबी वा ५१२जीबी स्टोरेजको साथ उपलब्ध हुनेछ। डिभाइसमा ६६ वाट वायर्ड चार्जिङ र ४० वाट वायरलेस चार्जिङ भएको ४,७२० एमएएच ब्याट्री समावेश गरिएको छ।
पुरा एक्सले ह्वावेको इन–हाउस अपरेटिङ सिस्टमको पछिल्लो संस्करण होङमेङ ओएस ५ पनि प्रस्तुत गर्दछ। सधैं जस्तै, ह्वावेले चिपसेटलाई रहस्यमा राख्दै यस डिभाइसलाई कुन एसओसीले पावर दिइरहेको छ भन्ने खुलासा गर्न अस्वीकार गरेको उल्लेख छ।
पुरा एक्स पानी प्रतिरोधको लागि आईपीएक्स८–रेट पनि गरिएको र डिभाइसमा यूएसबी ३.१ टाइप–सी पोर्टको साथ वाई–फाई ७, ब्लुटुथ ५.२, एनएफसी, उपग्रह संचारको साथ आउने छ।
ह्वावे पुरा एक्स कलेक्टर संस्करणः
नियमित भेरियन्टको साथसाथै, ह्वावेले पुरा एक्सलाई कलेक्टर संस्करणमा पनि लन्च गरेको छ। यो उपकरण तीन–रङ्गको लेदर ब्याक कभर र उपग्रह संचार सहित केही अतिरिक्त सुविधाहरूका साथ आउने बताइएको छ। कलेक्टर संस्करण १६जीबी र्याम र ५१२जीबी वा १टीबी स्टोरेजको विकल्पहरूसँग उपलब्ध हुनेछ।
मूल्य निर्धारणः
पुरा एक्सको बेस (आधार) मोडेलको लागि ७,४९९ चिनियाँ युआन (१,०३८ अमेरिकी डलर) बाट मूल्य सुरु हुनेछ भने कलेक्टर संस्करण ८,९९९ चिनियाँ युआन (१,२४५ अमेरिकी डलर) मा आउने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ९ चैत्र २०८१, शनिबार