Technology Khabar ७ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
भारतीय मोबाइल अपरेटर भोडाफोन आइडिया (भी) ले मुम्बईमा फाइभजी सेवा सुरु गरेको छ। भीले शहरभरि आफ्नो ५जी रोलआउटको लागि नोकिया उपकरणहरू प्रयोग गरिरहेको जनाएको छ।
वी ले नेटवर्क कार्यसम्पादन बढाउन एआई-आधारित एसओएन (सेल्फ-अर्गनाइजिङ नेटवर्क्स) प्रणाली तैनाथ गरेको घोषणा पनि गरेको छ।
मुम्बईमा भीको ५जी परिचयात्मक प्रस्तावमा प्रति महिना २९९ भारतीय रुपैयाँबाट सुरु हुने योजनाहरूमा ग्राहकहरूको लागि असीमित ५जी डाटा समावेश छ।
कम्पनीको ५जी नेटवर्क हाल मुम्बईमा मात्र लाइभ छ, जबकि यो चाँडै बिहार, दिल्ली, कर्नाटक र पञ्जाबमा सुरु हुने बताईएको छ। वीले आफ्नो वेबसाइटमा ५जीको लागि माइक्रोसाइट पनि सुरु गरेको छ, जहाँ प्रयोगकर्ताहरूले नेटवर्क कभरेजको बारेमा जानकारी प्राप्त गर्न र नयाँ ५जी योजनाहरू अन्वेषण गर्न सक्छन्।
प्रकाशित: ७ चैत्र २०८१, बिहीबार