Technology Khabar ७ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
अपडेटः नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट अन भएको छ। तर किन यसअघि डाउन भएको भन्ने कुनै जानकारी छैन्। यसका साथै संघीय संसदको वेबसाइट पनि सूचारु भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट डाउन भएको छ। दूरसञ्चार क्षेत्रको नियामक संस्था प्राधिकरणको www.nta.gov.np खोल्न खोज्दा एउटा खाली पेज खुल्छ जसमा लेखिएको छ- ‘फर्बिडन! यु डोन्ट ह्याभ पर्मिसन टू एक्सेस अन दिस सर्भर’ अर्थात् निषेधित ! तपाईँलाई यो सर्भरमा पहुँच गर्ने अनुमति छैन।
यसबारेमा बुझ्न सम्पर्क गर्दा प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले आफू आज कार्यालयबाहिरको काममा रहेकाले यसबारेमा थाहा नभएको बताए। यस्तै सह प्रवक्ता डा. प्रदिप पौड्यालको नम्बरमा फोन गर्दा उठेन।
यसैगरी संघीय संसदको वेबसाइटमा पनि यस्तै समस्या पाइएको छ। संसदको वेबसाइट https://www.parliament.gov.np/np खोल्न खोज्दा पनि एउटा खाली पेज खुल्छ जसका लेखिएको छ- ‘व्हूप्स, लूक्स लाइक समथिङ वेन्ट रङ’ अर्थात् ओहो ! केही समस्या आएजस्तो छ।
प्रकाशित: ७ चैत्र २०८१, बिहीबार