फक्सकनले आफ्नो पहिलो आर्टिफिशियल इन्टेलिजेन्स मोडेल प्रस्तुत गर्यो

Technology Khabar ३ चैत्र २०८१, आईतवार

फक्सकनले आफ्नो पहिलो आर्टिफिशियल इन्टेलिजेन्स मोडेल प्रस्तुत गर्यो
सांकेतिक तस्बिर

काठमाडौं ।

फक्सकनले फक्सब्रेन भनिने आफ्नो पहिलो आर्टिफिशियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) मोडेल प्रस्तुत गरेको छ।

यस नयाँ एआई मोडेल फक्सब्रेनलाई तालिम दिन मात्र चार हप्ता समय लागेको र यसलाई १२० एनभिडिया एच१०० ग्राफिक्स प्रोसेसरको सहयोगमा तालिम दिइएको थियो भनि फक्सकनले उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गर्दछ।

नयाँ एआई मोडेलमा सस्तो र अधिक कुशल प्रशिक्षण विधि प्रयोग गर्दै ताइवानमा प्रयोग हुने परम्परागत चिनियाँ भाषाको लागि अप्टिमाइज गरिनुका साथै म्याथेमेटिकल क्याल्कुलेसन (गणितीय गणना) र लोजिकल रिजनिङमा उत्कृष्ट भएको उल्लेख गरिएको छ।

“हाम्रो फक्सब्रेन मोडेलले अन्धाधुन्ध कम्प्युटिङ पावर (शक्ति) जम्मा गर्नुको सट्टा प्रशिक्षण प्रक्रियालाई अनुकूलन गर्ने कुरामा ध्यान केन्द्रित गर्दै अत्यधिक कुशल प्रशिक्षण रणनीति अपनायो” होन हाई रिसर्च इन्स्टिच्युटको आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च सेन्टरका निर्देशक ली जंग–हुईले भने।

मेटा एललामा ३.१ आर्किटेक्चरमा आधारित नयाँ एआई मोडेलमा ७० अर्ब प्यारामिटरहरू रहेको उल्लेख छ।

फक्सकनले डाटा एनालाइसिस्, म्याथेमेटिकल क्याल्कुलेसन, लोजिकल रिजनिङ, डकुमेन्ट वर्क र प्रोग्राम कोड जेनेरेसन क्यापाबिलिटिज प्रदान गर्ने बताइएको छ।

फक्सकनले प्रोडक्सन र आपूर्ति श्रृंखला व्यवस्थापन सुधार गर्न नयाँ एआई मोडेल प्रयोग गर्ने योजना बनाएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ३ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया