
काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईको फेसबुक ह्याक भएको छ। उनको सचिवालय बीआरबी सेक्रेटरियटले केही समयअघि सूचना पोस्ट गर्दै यस्तो जानकारी गराएको हो।
‘डा. बाबुराम भट्टराईज्यूको आधिकारिक फेसबुक पेज “Dr. Baburam Bhattarai” ह्याक गरी अनधिकृत समूहले अनावश्यक तथा भ्रामक टिप्पणीहरू गरेका छन्। हाल उहाँको आईटी टीम उक्त पेजको सुरक्षा प्रणालीलाई पुनःस्थापित गर्ने कार्यमा जुटिरहेको छ। यसै सन्दर्भमा, डा. भट्टराईसम्बन्धी भ्रामक समाचारहरूमा विश्वास नगर्न सबैमा आग्रह गरिन्छ’, पोस्टमा भनिएको छ।
हालसम्म कुनै समूहले उक्त ह्याकको जिम्मेवारी लिएका छैनन् भने सचिवालयका सूचना प्रविधि टोली यसबारे अनुसन्धान गरिरहेको बताइएको छ। उक्त पेज भेरिफाइड ब्लू टिक प्राप्त पेज हो जसका १५ लाख फलोअर रहेका छन्।
प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार