पत्रकारको पास निलम्बन गरेका प्रति महासङ्घको ध्यानाकर्षण

  • Technology Khabar | २२ फाल्गुन २०८१, बिहीबार
पत्रकारको पास निलम्बन गरेका प्रति महासङ्घको ध्यानाकर्षण

काठमाडौं ।

प्रश्न सोधेका आधारमा सङ्घीय संसद् सचिवालयले पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीको संसद् प्रवेश पास निलम्बन गरेकामा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ।

महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकारले सोधेको प्रश्न पत्रकार आचारसंहिता प्रतिकूल भए–नभएको मापन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भएको जनाउँदै काउन्सिलको क्षेत्राधिकारलाई ख्याल गरी पत्रकारको पास निलम्वन फिर्ता लिई प्रेस स्वतन्त्रताको सम्मान गर्न सङ्घीय संसद्समक्ष आग्रहसमेत गरेको छ।

यही फागुन ४ गते प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गर्दा प्रधानमन्त्रीलाई प्रश्न गर्दा संसदीय मर्यादा र अनुशासनको उल्लङ्घन भएको भन्दै सङ्घीय संसद् सचिवालयले उनीहरूको पास निलम्बन गरेको महासङ्घले जनाएको छ। साथै, महासङ्घले पेशागत धर्म निर्वाहका क्रममा पत्रकार आचारसंहिताको ख्याल गर्न पत्रकार तथा सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको छ।-रासस

प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रियलमी पी४एक्स आधिकारिक रूपमा उपलब्ध

  • Technology Khabar
  • २२ फाल्गुन २०८१, बिहीबार