चिनियाँ एआई कम्पनी डिपसिकको आर २ मोडेल मे महिना अगाडि रिलिज हुने अपेक्षा

Technology Khabar १५ फाल्गुन २०८१, बिहीबार

चिनियाँ एआई कम्पनी डिपसिकको आर २ मोडेल मे महिना अगाडि रिलिज हुने अपेक्षा
डीपसिक। अनस्प्ल्यास डटकमबाट।

काठमाडौं ।

चिनियाँ एआई कम्पनी डीपसीकले आफ्नो आर टू (R2) आर्टिफिसियल इन्टेलिजेन्स मोडेलको लन्चिङ्गलाई तीव्र गतिमा अघि बढाइरहेको छ।

कम्पनीले सुरुमा यसलाई मे महिनामा सुरु गर्ने योजना बनाएको थियो, तर हाल यसलाई सकेसम्म चाँडो सुरु गर्ने काम गरिरहेको यस विषयमा जानकार तीन व्यक्तिलाई उदृत गर्दै रोयटर्सले रिपोर्ट गरेको छ।

नयाँ मोडेलले राम्रो कोड उत्पन्न गर्ने र अंग्रेजी बाहेक अन्य भाषाहरूमा तर्क गर्न सक्षम हुने अपेक्षा गरिएको छ। डीपसीकका अधिकारीहरूले यस बारेमा केहि बताएका छैनन्।

डीपसीकले फेब्रुअरी २१ घोषणा गर्दै, यसले एक पछि अर्को ५ कोड आधारहरू खोल्ने बताएको थियो, जसअनुसार हरेक दिन नयाँ सामग्री अनलक हुने आईटी होमले रिपोर्ट गरेको छ। हालको अनलाइन सेवाहरूको मोड्युलहरू परीक्षण र तैनाथ गरिएको छ, र उत्पादन  वातावरण चरणमा राख्न सकिन्छ।

प्रकाशित: १५ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया