जेनेरेटिभ एआइ र सुरक्षाबारे काठमाडौँमा अन्तरक्रिया

Technology Khabar १४ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

बेलायतमा मुख्यालय रहेको आईटी परामर्श तथा साइबर सुरक्षासम्बन्धी कम्पनी जेनेस सलुशनले काठमाडौंमा जेनरेटिभ एआई, साइबर सुरक्षा र ग्राहक संलग्नता सम्बन्धी विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा जेनेस सलुशनका प्रमुख प्राविधिक तथा प्रमुख सूचना सुरक्षा अधिकृत निरञ्जन कुँवरले ुजेनएआई र साइबर सुरक्षाु विषयमा प्रस्तुति दिंदै कम्पनीहरूलाई साइबर सुरक्षामा परिपक्व अभ्यास गर्नुका साथै जोखिम घटाउन समग्र प्रक्रिया र प्रविधिमा आधारित दृष्टिकोण अपनाउन सुझाव दिए।

मानिस, प्रक्रिया, र प्रविधिलाई समेट्ने समग्र साइबर सुरक्षा दृष्टिकोणको महत्त्वलाई जोड दिँदै उनले हालको अभ्यासको मूल्यांकन गर्न, योजना निर्माण गर्न, र प्रभाव तथा प्रयासको आधारमा कार्य प्राथमिकता निर्धारण गर्न सुझाव दिए।

जेनेस सलुशनका उपाध्यक्ष (इन्जिनियरिङ) विष्णु सुवेदीले जेनरेटिभ एआईले कम्पनीहरूलाई प्रतिस्पर्धात्मक लाभ लिन विशिष्टता उजागर गर्ने अवसर प्रदान गर्ने तथा व्यवसायिक नेतृत्वकर्ताहरूलाई छिटो अघि बढ्न सक्षम बनाउने बताए।

जेनेस सलुशनका उपाध्यक्ष (प्रडक्ट्स) कैलाश बडुले भने, “च्याटजीपीटी आएपछि प्रत्येक सन्देश र इमेल उस्तै लाग्छ, जबकि पहिले अवस्था निकै फरक थियो। पहिले प्रत्येक इमेल र सन्देशमा व्यक्तित्व झल्किन्थ्यो र तिनमा व्यक्तिगत भाव महसुस गर्न सकिन्थ्यो।

अहिलेको समयमा जेनरेटिभ एआईले गर्दा थप धेरै सामग्री तथा सन्देशहरू बजारमा आउनेछन्। हामीले यो प्रतिस्पर्धात्मक बजारमा छुट्टै पहिचान बनाउनुपर्नेछ र प्रविधिको उपयोग गरेर ‘वाउ’ भन्ने स्थिति सिर्जना गर्नुपर्नेछ। हामी एउटै अनुहारका १०० फरक व्यक्ति बन्न सक्दैनौं।”

न्युयोर्कस्थित क्रस रिभर बैंकको मात्रात्मक रणनीति विभाग प्रमुख प्रवेश रिजालले जेनेस सलुशनका २० भन्दा बढी इन्जिनियरहरू आफ्नो बैंकमा स्टाफ डेभलपरका रूपमा सघाइ रहेको जानकारी दिए।

उनले अमेजन वेब सर्भिसेजसँगको घनिष्ठ साझेदारीका माध्यमबाट बैंकले आफ्नो कार्यशैली, टिम डिजाइन, प्रविधि संरचना र ज्ञान भण्डार रूपान्तरण गरिरहेको बताए। कार्यक्रममा एडब्लुएसको भर्चुअल सत्र पनि आयोजित गरिएको थियो।

प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया